२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

होटल पौवाको तीन शाखामा ‘न्यू इयर ईभ’

बुटवलमा प्रकाश धुतराज, खुमन र मिलन नेवार गुन्जने

मंगलवार , पौष १२, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, १२ पुस । 
    अघिल्लो वर्षझै अंग्रेजी नयाँ वर्षको स्वागतमा होटल पौवाले यस वर्ष पनि विशेष कार्यक्रम गरी मनाउने भएको छ । ‘यसपटकको नयाँ वर्ष पौवाको स्वाद, नाचौ, गाऊ, रमाऊ, सधै रहोस् याद’ भन्ने मूल नारासहित नँया वर्ष सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने भएको हो ।

    ११ वटा शाखामध्ये पौवाका तीनवटा शाखा बुटवल, भैरहवा र घोराहीमा पुस १६ गते साँझ ६ बजेबाट मध्यराती नयाँ वर्ष प्रारम्भ हुँदासम्म विशेष सांगीतिक कार्यक्रम गरिने होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए । ‘सांगीतिक कार्यक्रममा प्रवेश निःशुल्क छ’ उनले भने । कार्यक्रममा न्यूनतम शुल्कमा खानाका परिकारका साथै कलाकारहरुको प्रस्तुती समेत रहेको उनले बताए । बुटवलमा प्रकाश धुतराज, मिलन नेवार, र खुमन अधिकारीको प्रस्तुति रहनेछ । त्यसै गरी भैरहवामा नेपाल आईडल प्रविण वेडवाल र एन्जिला रेग्मी, कर्णराज गिरीको प्रस्तुति रहनेछ भने घोराहीमा नेपाल आईडलका अमित बरालको ब्याण्डको प्रस्तुति रहने अध्यक्ष भण्डारीले जनाए । होटलमा सहुलियत मूल्यमा खानाहरु उपलब्ध हुने उनले बताए । ‘न्यूनतम ५० रुपैयाँबाटै खाना नास्ताको व्यवस्था गरिएको छ, ’उनले भने । स्थापनाको ६ वर्षको अवधिमा नै देशका ११ मुख्य शहरमा होटलको सेवा दिन सफल भएको उनले बताए ।

    होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले मिशन हन्ड्रेडको लक्ष्यसहित अगाडि बढेको भए पनि कोभिड संक्रमणका कारण लक्ष्य प्राप्तीमा केही व्यवधान आएको बताए । शाखा विस्तारको क्रममा संघीय राजधानी काठमाडौं र मधेश प्रदेश जनकपुरमा शाखा विस्तारको सम्भाव्यता अध्ययन भइरहेको उनले बताए । ‘लुम्बिनी प्रदेशका मुख्य पर्यटकीय स्थलहरुमा पौवाको पहुँच पुगिसकेको छ, अन्य प्रदेशहरुमा पनि अध्ययन गरिरहेका छौं, ’उनले भने ।

    होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले होटल व्यवस्थापनमा नयाँ सोचका साथ सेवा दिन सफल भएको बताए । उनले टिपिकल नेपालीपनको सेवा दिने गरी नया ढंगबाट सेवा दिन सफल भएको दावी गरे । प्राय होटलहरुले विदेशी हस्पिटालिटीको ब्राण्डमा सेवा दिने गरे पनि पौवाले नेपाली टिपिकल हस्पिटालिटीको विकास गरेर पहिचान दिने प्रयास गरेको उनले बताए । पछिल्लो समय पौवाको मरौठी चिकन र मरौठी पनिर विशेष परिकारका रुपमा ग्राहकले मन पराइदिएको पनि भण्डारीले बताए । सेवासँगै नेपाली संस्कृति जगेर्नालाई प्राथमिकता दिएको उनले बताए ।

    शिवरात्री, माघि, जन्माष्टमी, तिज, असार १५ मा दही चिउरा खुवाउने, भजनक्रितन गर्ने जस्ता धर्म संस्कृति जर्गेना र प्रचारप्रसारमा लागेको उनले बताए । हाल बुटवल शाखामा ३५ क्षमता बेड, आकर्षक एक हजार क्षमताको बैंक्वेट हल, भैरहवा र पोखरामा १ हजार ५ सय क्षमताको बैकट तथा हरेक होटलहरुमा बैठक र गोष्ठी गर्न मिल्ने हलहरुको सुविधा रहेको उनले जानकारी दिए ।

    बुटवल, भैरहवा, पाल्पा, रेसुङा, पोखरा, गोरुसिङे, भालुवाङ, लमही, घोराही, धनगढी, जुम्लामा शाखा रहेको छ । पौवाका ११ शाखामा दैनिक ७ सय ५० जनालाई बसाईको सेवा दिन सक्ने क्षमता रहेको छ । देशभरका ११ वटा शाखामा ४ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।