२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

सोमवार , पौष ११, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, ११ पुस । गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

    सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे ।

    अपराध अनुसन्धान महाशाखले उनको पासपोर्टबारे सुक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरुले उनलाई गृहमन्त्री बनाएका छन् । 

    'म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन,’ पदभार ग्रहण गर्दै उनले भने ।