२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

फुटको संघारमा सत्ता गठबन्धन, प्रचण्डलाई फकाउँदै एमाले

आइतवार , पौष १०, २०७९

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • काठमाडौं, १० पुस । कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । 

    गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । 

    कांग्रेसले माओवादी केन्द्रलाई भागबण्डामा सहमति नगर्दा प्रचण्ड एमालेतर्फ नजिकिएका हुन् । एमाले र माओवादीको दोस्राे तहका नेताहरूका यसअघि नै प्रचण्ड र ओलीलाई एक ठाउँमा ल्याउने पक्ष थिए । कांग्रेससँग भागबण्डामा कुरा नमिलेपछि ओली प्रचण्ड थप नजिकिएका हुन् । न्युज कारखाना