२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

गठबन्धनको बैठक सकियो, ओलीलाई भेट्न प्रचण्ड बालकोटतिर लागे

आइतवार , पौष १०, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १० पुस । वालुवाटरमा जारी सत्ता गठबन्धनको बैठक सकिएको छ । नयाँ जनादेशअनुसार सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहान करिब ११ बजेदेखि छलफलमा थिए । 

    बैठकको सुरुमा प्रचण्ड, नेपाल र देउवा मात्रै सहभागी थिए पछि खनाल थपिएका हुन् । 

    बैठक सकिएलगत्तै माओवादीका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोतिर लागेको स्रोतको भनाइ छ । गठबन्धन बैठकमा सहमित जुट्न नसकेको स्रोतको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज बेलुकी पाँच बजेसम्मको समय दिएपछि नेताहरू दौडधुपमा छन् ।