२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

बुटवल पावर कम्पनीको लाभांश घोषणा

शुक्रवार , पौष ८, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौं, ८ पुस । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८/०७९को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागी १२.५० लाभांश वितरण गर्ने भएको छ । 

     समितिको बैंठकले ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश कर सहित लगानीकर्ताहरुलाइ उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

    कम्पनीको वार्षिक साधारण सभामा प्रस्तावहरु पेस गर्ने निर्णय गरेको छ । सभा, कार्की ब्याङ्क्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
    सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।