
बिहिवार , पौष ७, २०७९
बुटवल, ७ पुस ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लिला गिरीले समुदाय र राज्यले शिक्षामा ठुलो लगानी गरिरहे पनि शिक्षा क्षेत्रले अपेक्षित उपलब्धी हासिल गर्न नसकेको बताएका छन् । उनले यसो हुनुमा नीतिगत, राजनैतिक र प्रशासनिक कमजोरी भएको बताए ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सबको अवसरमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा गिरीले समाजका आवश्यकता र आशाहरु धेरै भएको र यी आवश्यकता र आशाहरु पूरा गर्नका लागि रुपन्देहीका केही सामूदायिक विद्यालयहरुले पनि आशलाग्दा कामहरु गरेर देशका शिक्षा क्षेत्रको लागि उदाहरण प्रस्तुत गरेकोमा प्रशंसा गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयका अवसर र चुनौतिहरुको चर्चा गर्दै तीनै तहका सरकारहरुको सहयोग, अभिभावकको साथ र विश्वास अनि शिक्षकहरुको लगनशिलताबाट कालिकाले शिक्षा क्षेत्रमा आशलाग्दो गोरेटो कोर्न सकेको बताए । कार्यक्रममा रामचन्द्र क्षेत्री, होम बहादुर गलामी, यमुना काउचा, लोकराज घिमिरे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा विद्यालयमा स्थापित ५५ वटा अक्षयकोषबाट १३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
विद्यालयको ६२ औं वार्षिकोत्सव मूल समारोह पुस ७ गते हुने र उक्त कार्यक्रममा उत्कृष्ट शिक्षक सम्मान, शिक्षा पत्रकारिता पुरस्कार वितरण तथा दोश्रो कालिका रनिङ शिल्ड विजेता विद्यालयलाई शिल्ड प्रदान गर्ने लगायतका कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij