images

मंगलवार, बैशाख १८ गते २०८१

ट्विटर सर्वेक्षणको विश्वसनीयतामा मस्को यस्तो शंका

ट्विटर सर्वेक्षणको विश्वसनीयतामा मस्को यस्तो शंका

images
images
images
बुधवार, पौष ६ २०७९
बुधवार, पौष ६ २०७९
  • ट्विटर सर्वेक्षणको विश्वसनीयतामा मस्को यस्तो शंका

    न्युर्योक, ६ पुस । एलोन मस्कले आफैले गरेको ट्विटर सर्वेक्षणको विश्वसनीयतामा शंका गरेका छन् । सर्वेक्षणमा बहुमतले उनले कम्पनीको सीईओको पद छोड्नुपर्ने बताएका थिए ।
    अक्टोबर २७ मा प्लेटफर्मको मालिक बनेका मस्कले पहिले चुनावको नतिजाको पालना गर्ने बताएका थिए । तर ट्विटको एक श्रृंखलामा अर्बपतिले भोट बटद्वारा धाँधली भएको हुन सक्ने आशंका गरेका छन् । 

    images

    सोमबार सार्वजनिक भएको सर्वेक्षणको नतिजामा ५७ प्रतिशत मतदाता अर्थात् १ करोडले ४४ अर्ब डलरमा कम्पनीको स्वामित्व लिएका मस्कले आठ हप्तापछि पद त्याग गर्नुपर्ने पक्षमा मतदान गरेका थिए । 

    यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्वीटरमा उनको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन्। झन्डै दुई महिना लामो अवधिमा उनले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाएका छन्।

    मस्कले ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।

    यसैबीच, पोलिंग कम्पनी ह्यारिसएक्सले मंगलबार ट्वीटर प्रयोगकर्ताहरूको आफ्नै सर्वेक्षण ट्वीट ग¥यो, जसमा ६१ प्रतिशत उत्तरदाताहरूले मस्कलाई सीईओको रूपमा रहन मतदान गरे । एजेन्सी
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij