
बुधवार , पौष ६, २०७९
भैरहवा, ६ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथले रुपन्देहीको तिलोत्तमा, दुर्गानगरस्थित दुर्गा संस्कृति वेदा वेदाङ्ग विद्यापिठमा खाद्यान्न सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । क्लबले विद्यापिठमा अध्ययनरत ७० जना बटुकहरुलाई शनिबार टोपी, मोजा, दाल, चामल, नुन, तेल लगायत गरी ४० हजारको सामग्री हस्तान्तरण गरेको कार्यक्रम संयोजक शिबु आलले बताए ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ सिद्धार्थनगर युथले संस्कृति जर्गेनाका लागि समाजमा सहयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले विद्यापिठमा सबैको साथ र सहयोग रहेमा यस क्षेत्रमा मात्र नभइ देशकै नमूना वेद वेदाङ्ग विद्यालयको रुपमा स्थापित हुने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष अनित कुमार गुप्ताले स्थानीय समाजसेवी तथा व्यवसायी अर्पित अग्रवाल, विवेक रघुवंशी, कार्यक्रम संयोजक सुशिल सिंघल लगायत सबैलाई सहयोगका लागि धन्यवाद दिए ।
त्यस्तै दुर्गा संस्कृति वेदा वेदाङ्ग विद्यापिठ समितिका अध्यक्ष चन्द्रमणी पौडेल लायन्स क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष एमजेएफ अर्चित श्रेष्ठ, विद्यापिठका प्रधानाध्यापक नारायण भण्डारी, श्री दुर्गा मन्दिर समितिका अध्यक्ष इन्द्रमणी लगायतले बोलेका थिए ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष अनित कुमार गुप्ताको अध्यक्षता तथा प्रथम उपाध्यक्ष सन्दिपनाथ गोंगलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij