२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

हव इन्टरनेशनल एजुकेशनको शाखा कार्यालय भैरहवामा शुभारम्भ

मंगलवार , पौष ५, २०७९

भैरहवा, ५ पुस ।
हव इन्टरनेशनल एजुकेशन प्रा.लि.को शाखा कार्यालय भैरहवामा शुभारम्भ गरिएको छ । काठमाडौंमा प्रधान कार्यालय रहेको एजुकेशनको बुटवल, चितवन र पोखरापछि यो भैरहवामा शुभारम्भ भएको यो पाँचौ शाखा हो । 

रेटी इन्ष्टिच्युट प्रा.लि.का सञ्चालक कृष्ण कुमार जैसवालले शाखा कार्यालय सञ्चालन गरेका हुन् । यस क्षेत्रका विद्यार्थीहरुलाई विदेशमा अध्ययनका लागि परामर्श दिने र विभिन्न देशमा अध्ययनका लागि जान सहजीकरण गर्ने उद्देश्यले शाखा कार्यालय शुभारम्भ गरिएको शाखा प्रमुख जैसवालले बताए । जसका लागि आयल्स र पिटी क्लास सञ्चालन गरिएको उनले बताए ।  उनले भने, ‘भैरहवा शाखाबाट न्युजील्याण्ड, अष्टेलिया, यु.के., आयरल्याण्ड, युएस, क्यानेडा र भारत गरी ७ वटा देशमा अध्ययनको लागि विद्यार्थीहरुलाई सहजीकरण गरिनेछ । ’ 

कार्यक्रममा एजुकेशनका ब्रान्च कोडिनेटर प्रमोद खड्का, मार्केटिङ म्यानेजर तारानाथ ढकाल, बुटवल शाखा प्रमुख अशोक पराजुली लगायतको उपस्थिति रहेको थियो ।