
आइतवार , पौष ३, २०७९
भैरहवा, ३ पुस ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मूल इकाई समिति भैरहवा बहुमुखी क्याम्पसले व्यवस्थापन र शिक्षा संकायमा संगठन विस्तार गरेको छ । व्यवस्थापन संकाय अन्तर्गत बी.बी.एस प्रथम वर्ष अंग्रेजी माध्यम सेक्सन ए र शिक्षा संकाय अन्तर्गत बी.एड. प्रथम वर्षमा संगठन विस्तार गरिएको अखिल (क्रान्तिकारी) मूल इकाई समिति भैरहवा बहुमुखी क्याम्पसका सचिव बिनोद घिमिरेले बताए ।
बी.बी.एस. प्रथम वर्षमा नवीन कुमार माझीको अध्यक्षतामा ३६ सदस्यीय कक्षा इकाई कमिटी गठन गरिएको घिमिरेले जानकारी दिए । जसको उपाध्यक्षमा पुजा भुज, रविन थपलिया, सचिवमा अभिषेक यादव, सह–सचिवमा पुष्पा कसौधन र कोषाध्यक्षमा पुजा कुमारी कानु बनिया रहेका छन् ।
त्यस्तै बी.एड. प्रथम वर्षमा दया कान्दुको अध्यक्षतामा ३२ सदस्यीय कक्षा इकाई कमिटी गठन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । जसको उपाध्यक्षमा प्रतिमा मौर्या, दिलिप यादव, सचिवमा नुर सुफिया फातुन, सह–सचिवमा रविना खातुन धुनिया, कोषाध्यक्षमा पुनम यादव र सह–कोषाध्यक्षमा सचिन कंडेल रहेका छन् ।
अखिल (क्रान्तिकारी) मूल इकाई समिति भैरहवा बहुमुखी क्याम्पसका सचिव बिनोद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आगामी दिनमा पनि संगठन विस्तारलाई निरन्तरता दिइने अखिल (क्रान्तिकारी) मूल इकाई समिति भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष मनिष ढकालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij