
आइतवार , पौष ३, २०७९
भैरहवा, ३ पुस ।
नेपाल बहुमुखी सहकारी संस्था लिमिटेडको शनिबार भैरहवामा सम्पन्न २० औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले भानुभक्त पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
आगामी चार वर्षका लागि सर्वसम्मत रुपमा चयन भएको सञ्चालक समितिमा उपाध्यक्ष लक्ष्मी पन्थ, सचिवमा श्रीबहादुर रायमाझी, कोषाध्यक्ष शुशिल पौडेल रहेका छन् । त्यसै गरी सदस्यहरुमा विष्णुप्रसाद आचार्य, विपिन कुमार साह गुप्ता, मोतीप्रसाद शर्मा, राममिलन यादव, सुवास रिजाल, पुष्पा शर्मा र तुल्सा पाण्डे अधिकारी रहेका छन् ।
लेखा सुपरीवेक्षण समितिमा संयोजक खड्ग बहादुर राना तथा सदस्यहरुमा विष्णुप्रसाद लम्साल र शची अर्याल चयन भएका छन् । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक कुलमणि ज्ञवालीले प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराएका थिए ।
त्यसअघि साधारण सभाको उद्घाटन गर्दै वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले सदस्यहरुको निक्षेप र शेयर पूँजीको उचित परिचालन गरी सदस्यहरुलाई अधिकतम फाइदा उपलब्ध गराउन सक्नुपर्नेमा जोड दिए । सिद्धार्थनगर नगरपालिका सहकारी विभाग प्रमुख कमलकान्त खनालले सहकारी संस्थाहरुले सुशासन र विद्यमान ऐन नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष शिवहरि अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा सल्लाहकार कुलानन्द ज्ञवाली, सहकारीविद् चन्द्रकान्त भट्टराई, लक्ष्मण पौडेल, उपाध्यक्ष शान्तिदेवी अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाले अध्यक्ष अधिकारीले पेश गरेको ६ करोड रुपैयाँको बजेट पेश गरेका थिए । सभाले अध्यक्षको प्रतिवेदन, आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । ४ सय ८९ जना शेयर सदस्य रहेको उक्त संस्था गत वर्ष उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत भएको थियो । साधारण सभाका अवसरमा ज्येष्ठ सदस्य, उत्कृष्ट बचत कर्ता र ऋणीलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij