
उद्यमी बन्न सरहकार सहयोगी हुन आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल
शनिवार , पौष २, २०७९
बुटवल, २ पुस ।
युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरतिलोत्तले ममा ‘युवा उद्यमी सम्मेलन’ आयोजना गरेको छ । देशका विभिन्न चर्चित युवा उद्यमीहरुको सहभागीतामा रुपन्देहीमा यो सम्मेलन गरिएको हो । युवा उद्यमी मञ्च रुपन्देहीले यो सम्मेलन दोस्रो पटक आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्यमी सफल बन्नको लागि जनतासँग जोडिएको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए । उनले युवा उद्यमीहरुको खाँचो दिन प्रतिदिन बढ्दै गएको भन्दै सोहीअनुसारको जनतासँग सम्बन्धित उद्यममा युवाहरुको लगानी हुनुपर्ने बताएका थिए । यसको लागि सरकारले अपनत्व लिँदै सहयोगीको रुपमा भूमिका खेल्नुपर्ने उनले बताए । आईएई ग्रुप, चन्द्रगिरी हिल्स, लुम्बिनी केबलकारसहित विभिन्न क्षेत्रमा नेतृत्व गरेका ढकालले आफुले ५ सय रुपैयाँको बैंक तलबाट सुरुवात गरी अहिले देशकै अग्रणी बाणिज्य बैंकको अध्यक्षसम्म पुग्न सफल हुनुमा जनतासँगको सामिप्यता, निरन्तरको लगाव नै रहेको बताएका थिए ।
आईएमी मनि ट्रान्सर्फर अहिले नेपालको नम्बर १ मनी ट्रान्सर्फर भएको भन्दै उनले जनतासँग सम्बन्धीत काममा लगानी गरेमा यसले सफलता पाउने बताएका थिए । फरक प्रसंगमा उनले अबको ३ महिनामा बुटवलमा केवलकार चल्ने बताए ।
बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केबलकार २ महिनामा भित्र भौतिक संरचना निर्माण सम्पन्न हुने बताएका हुन । २ महिनामा भौतिक संरचना निर्माण पश्चात ३ महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने त्यसपश्चात केबलकार सञ्चालन हुने उनको भनाइ छ । ढकालले बुटवलमा केबलकार निर्माणपछि भारतीय पर्यटकहरुको चाप बढ्ने बताएका हुन । उनले बसन्तपुर डाँडामा स्तरीय होटलसहित कामेश्वर महादेव भगवानको मन्दिर समेत निर्माण गरिने बताए । अबको १० वर्ष भित्रमा काठमाडौंको चन्द्रागिरी केबलकार जस्ता ७ वटै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य आफ्नो कम्पनीले लिएको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै युवा उद्यमी ज्वोति ग्रुपका निर्देशक सौरव ज्योतिले युवा उद्यमीको विकास विना आर्थिक समृद्धि सम्भव नभएको बताएक । युवा शक्तिहरुको समूह नै अहिलेको देशको मेरुदण्ड रहेको भन्दै उनले यसको लागि स–सानो छरिएको पुँजीलाई एकिकृत गरी लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछाने, जिल्ला अध्यक्ष निरज लाकौल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा खल्ती मोबाईल एपका सिईयो विनय खड्का, सुरक्षा अधिकारीको फाउण्डर तथा सिइयो प्रमेशसिंह क्षेत्री, कमलजंग कुँवर, निश्चल शर्मा, शोनली गुरुङ लगायतले उत्प्रेरणामूलक प्रस्तुती दिएका थिए ।
त्यस्तै शुनिता न्ह्म्पोकी, नविन विष्ट, गोविन्द केसी, राजु शर्मा लगायतले प्यानल डिस्कसन गरेका थिए भने मेघा अग्रवाल, मनिल अग्रवाल, लक्ष्मण शर्मा, अदिती अर्याल र पवित्र गौतमले आ–आफ्नो भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij