
शनिवार , पौष २, २०७९
भैरहवा, २ पुस ।
जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं साधारण सभा भएको छ । शनिबार भैरहबामा सम्पन्न साधारण सभामा सहकारीमा वर्षभरी भएका आयव्यय, कार्ययोजना, संस्थाको प्रगति, खर्चसहितका वार्षिक प्रतिवेदन पारित गरिएको छ ।
सहकारीको बलियो आधार बचत भएकाले संस्थाको कोषमा बचत रकम बढाउने, नीतिगत कार्ययोजना, कर्मचारी तालिम, सेयर सदस्यको वृद्धि, समयमा बचत, लगानी र असुली हुन सके संस्थाको लक्ष्य प्राप्तिमा कुनै बाधा नहुने संस्थाका सेयर सदस्य माधव प्रसाद कोइरालाले बताए ।
सानोसानो बचतबाट ठुलो कोषको निर्माण गरी अत्यावश्यक र जटिल समयमा सहयोग प्रदान गर्न संस्था सधै अग्रसर रहेको संस्थाकी उपाध्यक्ष सीता दाहालले बताइन् ।
सहकारीका सचिव जनकराज पन्तले संस्थाको सोच, सपना र लक्ष्य अझै पुरा नभएको र पूरा गर्न नयाँ सोच र प्रक्रियाबाट संस्थाको सञ्चालनमा अगाडि बढ्नेमा जोड दिए ।
संस्थाको ११ औ साधारण सभामा असल ऋणीको रुपमा दुई जना सेयर सदस्यलाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा शान्ति भट्टराई, नेपाल र खिमबहादुर पाण्डे रहेका छन् ।
संस्थामा विविध कारणले गर्दा रिक्त रहेका पदमा नयाँ निर्वाचित पनि गरेको छ । अध्यक्षमा जनकराज पन्त, सचिव गोबिन्दप्रसाद भुर्तेल सदस्यमा खिमबहादुर पाण्डे, लेखा संयोजक सदस्यमा दिपेन्द्र प्रसाद खनाल र केशवराज पाण्डे निर्वाचित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij