२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

स्नातक तहको परीक्षाफल प्रकाशनमा भएको त्रुटी सच्याउन अनेरास्ववियुको माग

सोमवार , मंसिर २६, २०७९

काठमाडौं, २६ मंसिर । 

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिविअन्तर्गत स्नातक तहको सम्पूर्ण सेमेष्टर प्रणाली सन् २०१७ ब्याचको परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटी सच्याएर ट्रान्सक्रिप्ट दिन माग गरेको छ । परीक्षा प्रकाशित भएको तीन महिना नाघिसक्दा पनि ग्रेडसम्बन्धी त्रुटीका कारण विद्यार्थीलाई पटक पटक परीक्षा नियन्त्रण कार्यालय धाउन बाध्य बनाएको र परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अनेरास्ववियुको आरोप छ । 

नतिजा प्रकाशनपश्चात् उक्त ब्याचका विद्यार्थीले प्राप्त गरेको ट्रान्सक्रिप्टमा विभिन्न त्रुटी फेला परेका छन् । पुनः सच्याउन माग गर्दा त्रिविले अनेक बाहाना र आनाकानी गरेको साथै विद्यार्थीसँग थप शुल्क लिन खोजेकोमा अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको कमजोरीका कारण भएको त्रुटीमा विद्यार्थीको कुनै दोष नरहेको र विद्यार्थीलाई दुःख नदिन भन्दै अनेरास्ववियुले आज परीक्षा नियन्त्रण कार्यालयमा ध्यानाकर्षपत्र बुझाएको हो । बिना अतिरिक्त शुल्क र झन्झट सच्याइएको ट्रान्सकृष्ट वितरण गर्न अखिले माग गरेको छ । अन्यथा अनेरास्ववियु थप आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।