२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

सिद्धार्थनगर सिटी हस्पिटलमा पुस महिनाभर होलबोडी चेकअपमा विशेष छुट

शुक्रवार , मंसिर २३, २०७९

भैरहवा, २३ मंसिर । 
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. सिद्धार्थनगर, रुपन्देहीले यही पुस १ देखि ३० गतेसम्म होलबोडी चेकअपमा विशेष छुटको व्यवस्था गर्ने भएको छ । हस्पिटलले अत्याधुनिक ल्याब व्यवस्थासहित पुस महिनाभर उक्त सेवा प्रदान गर्ने भएको हो ।

यस क्षेत्रका बासिन्दालाई लक्षित गरी छिटोछरितो सेवा सुविधा लिनको लागि काठमाडौं तथा भारत जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गर्ने हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । उनले भने, ‘हेल्थ प्याकेज अन्तर्गत बेसिक र एडभान्स टेष्टहरु समावेश गरिएको हुन्छ, ती जाँचहरु छुट्टाछुट्टै गर्दा प्याकेजमा भन्दा महंगो पर्ने भएकाले नियमित रुपमा भइरहेको स्वास्थ्य परीक्षणलाई हस्पिटलले विभिन्न समय र अवसर पारेर रु. ७ हजार पर्नेमा रु. ३ हजार ५ सयमा सञ्चालन गर्ने गरेको छ ।’ प्याकेजअन्तर्गत थाईराईड, मधुमेह (सुगर), कोलेस्ट्रोल, किड्नी फङसन टेष्ट, पिसाब जाँच, छातीको एक्स–रे, भिडियो एक्स–रे, ईसिजी लगायतका जाँचहरु गरी डाक्टरसँग जाँच तथा परामर्श सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत वर्षदेखि सुरु गरिएको हेल्थ प्याकेजमा करिब ६ सय जनाले सेवा लिइसकेका छन । सेवा लिइसकेकामध्ये गत वर्ष तथा केही समय अगाडि स्वास्थ्य परीक्षण गरेका धेरै बिरामीहरुमा लुकेर रहेका स्वास्थ्य समस्या पत्ता लागिरहेको अस्पतालले जनाएको छ । यसरी पत्ता लाग्ने समस्याहरुमध्ये सबै भन्दा बढी पित्तथैलीको पत्थरी, मृगौलाको पत्थरी, उक्त रक्तचाप, मधुमेह, थाईराईड, ओभरियन सिस्ट, फाइब्रोइड युटेरस, क्यान्सर जस्ता थुप्रै स्वास्थ्य समस्या रहेका छन् । यो प्याकेजमा रहेका टेष्ट लगायत अन्य एडभान्स टेष्ट गर्न चाहनेहरुको लागि हस्पिटलले एडभान्स प्याकेज पनि प्रदान गरिरहेको छ, यस प्याकेजमामाथि उल्लेखित टेष्टबाहेक एचीबीएवानसी, भिटामिन डी र भिटामीन बी १२ रहेको अस्पतालको भनाइ छ ।

सम्पूर्ण सेवाहरु एउटै छानामूनी रहेकाले बिरामीलाई उपचारमा केही समस्या नहुनुको साथै अत्याधुनिक ल्याब, हाई फिरक्वन्सी डिजिटल एक्स–रे, भिडियो एक्सरे तथा ६४ स्लाइस सिटीस्कयान पनि रहेकाले अस्पतालले स्वास्थ्य परीक्षण प्याकेज गरिसकेपछि सम्पूर्ण रिपोर्टहरु डाक्टरले हेरी परामर्श दिने भएकाले स्वास्थ्य परिक्षणको लागि काठमाण्डौ तथा भारत जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालको भनाइ छ ।

२०६७ भदौमा १५ शैयाबाट स्वीकृति लिइ सेवा शुभारम्भ गरेको यस हस्पिटल सिद्धार्थनगर सिटी हस्पिटल हाल १०० शैयामा स्तरवृद्धि हुँदै आफ्नै भवनमा सेवा सञ्चालन गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक पौडेलले बताए । ११ वर्षको निरन्तर प्रयासले अस्पताल यहाँसम्म आइपुगेको उनले बताए । 

स्वास्थ्य परीक्षणले मानव स्वास्थ्यमा भएका तथा बिना लक्षण लुकेर रहेका स्वास्थ्य समस्याको बारेमा पत्ता लगाउन सहयोग गर्ने अस्पतालका वरिष्ठ फिजिसियन डा. संजय प्रसाद शाहले बताए । उनले भने, ‘मानव शरीरमा हुने जुनसुकै शारीरिक स्वास्थ्य समस्याहरु समयमा नै पत्ता लगाई बचाउ गर्न सकेमा दीर्घरोग लाग्नबाट बच्न सकिन्छ र त्यसबाट हुन सक्ने अप्ठ्यारोलाई न्यूनीकरण गर्न सकिन्छ । ’ त्यसैले मानव शरीरमा आउने परिवर्तन तथा स्वास्थ्य समस्याको समयमा पत्ता लगाई स्वस्थ जीवनयापन गर्नको लागि स्वास्थ्य परीक्षण अत्यन्त आवश्यक रहेको उनले बताए ।

शारीरिक जाँच तथा विभिन्न डाईनोस्टिक इन्भेष्टिगेसनमार्फत स्वास्थ्य अवस्था कस्तो छ भनेर चेकजाँच गर्ने प्रक्रियालाई स्वास्थ्य परीक्षण भनिन्छ । पूर्ण रुपमा स्वस्थ रहेका व्यक्तिहरुले पनि स्वस्थ जीवनयापन गर्नको लागि यो जाँच आवश्यक हुन्छ । हेल्थ प्याकेजमा गरिएका परीक्षणको अहिले परिणाम सामान्य आए पनि डाक्टरको सल्लाहबमोजिम ६ महिना देखि १ वर्षभित्र नियमित जाँच गराउनुका साथै स्वस्थ जीवनयापनमा ध्यान दिनुपर्छ । स्वास्थ्य परीक्षणले समस्यालाई तत्काल पत्ता लगाई त्यसको निर्मूलीकरणमा सहयोग गर्दछ ।

विशेष गरी स्वास्थ्य परीक्षण कसले गर्ने ?

- धुम्रपान तथा मद्यपान गर्ने व्यक्ति
- मोटोपन भएका व्यक्तिहरु
- मधुमेह, उच्च रक्तचाप भएका व्यक्ति
- परिवारमा वंशाणुगत दीर्घरोग भएका व्यक्ति
- नियमित औषधी सेवन गर्ने व्यक्ति