२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

बुटवल कालिका क्याम्पसको ९ औं वार्षिकोत्सवमा विविध कार्यक्रम 

बिहिवार , मंसिर २२, २०७९

बुटवल, २२ मंसिर ।
बुटवल कालिका क्याम्पसले आफ्नो ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद सप्ताह २०७९ तथा विविध कार्यक्रम गरी मनाएको छ । मंसिर १८ गते शुरु भएको प्रतियोगिता अन्तरगत एथलेटिक्स, बुद्धिचाल, कुर्सी दौड, हाजिरीजवाफ प्रतियोगिता, भलिबल, कपर्दी, डोरी तान्ने, नृत्य प्रतियोगितासहित सामाजिक कार्य अन्तरगत निःशुल्क दन्त शिविर, छाला रोग परीक्षण तथा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 

अतिरिक्त क्रियाकलाप अन्तरगत कलेज परिसरमा एथलेटिक्सको १ सय मिटर दौड छात्रतर्फ सुभम दिसामगर प्रथम, दिलिप राना द्वितीय र बबिन लामटाङे तृतिय भएका छन् । त्यसै गरी छात्रातर्फ मीना ज्ञवाली प्रथम, ज्ञानु सारु द्वितीय, ईन्द्रा बिक र सिल्पा पाण्डे तृतीय भएका छन् । त्यसै गरी ४ सय मिटर दौडमा छात्रतर्फ तुल बहादुर झेडी प्रथम, सुदिप थापा द्वितीय र मन्जिल साहनी क्षेत्री तृतीय भएका छन् । छात्रातर्फ मीना ज्ञवाली प्रथम, ज्ञानु सारु द्वितीय र पवित्रा भुवल तृतीय भएका छन् । 

त्यसै गरी सामाजिक उत्तरदायित्व अन्तरगत स्वस्थ्य शिविर समेत गरिएको अतिरिक्त क्रियाकलाप संयोजक रेशम शर्माले बताए । मल्टीस्टार डाईग्लोष्टिक ल्याब्रोटोरिज प्रालिको प्राविधिक सहयोगमा १ सय ५० जनाको सुगर, प्रेशर, कोलस्टोर परिक्षण भएको छ । जसमा ल्याबका आस्था पौडेल (ल्याव असिस्टेन्ट), प्रकाश कंवर मगर (ल्याव टेक्निसियन) ले सहयोग गरेका थिए ।

नेपाल स्किन क्लिनिक हस्पिटल लाईनको प्राविधिक सहयोगमा १ सय १५ जनाको छाला परीक्षण गरिएको थियो । जसमा छालारोग विशेषज्ञ डा. मनोज सापकोटाले सहयोग गरेका थिए । लायन्स आँखा अस्पताल, बुटवलको प्राविधिक सहयोगमा १ सय ५० को आँखा परीक्षण गरिएको छ । कार्यक्रममा प्राविधिकहरु विनोद प्रसाद चौधरी र प्रियांशी गुप्ताले सहयोग गरेका थिए ।

सिटी हब डेन्टलको प्राविधिक सहयोगमा दन्त शिविर सम्पन्न भएको छ । शिविरमा १ सय २५ जनाले जाँच गराएका थिए । जसमा डा. मुकेश सापकोटा (डेन्टल सर्जन), डा. भावना मुल्मि (डेन्टल सर्जन), बिष्णु राना (एसिस्टेन्ट), जुनु माजि ( एसिस्टेन्ट) ले सहयोग गरेका थिए । स्टुडेन्ट क्वालिटी सर्कल, बुटवल कालिका क्याम्पसको आयोजना तथा रक्त संचार इकाई, भैरहवाको प्राविधिक सहयोगमा विद्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८३ युनिट रगत संकलन भएको छ । जसमा प्राविधिक हरि सापकोटा, ममता थारु, दिप कुमार चौधरीले सहयोग गरेका थिए ।