२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

उद्योगीलाई आन्दोलन नगर्न आग्रह : अर्थमन्त्री शर्मा

बिहिवार , मंसिर २२, २०७९

भैरहवा ।   अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा भएको फिन इलेक्ट्रो टेक २०२२ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि सरकार गम्भिर रहको भन्दै उद्योगी व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउन आग्रह गरे ।  उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरुका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताए ।

उनले बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिककाको सन्दर्भमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको बताए । मन्त्री शर्माले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको धारणा राखे । उनले व्यवसायीहरुले निजी क्षेत्र निराश छन् र अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन व्यवसायीलाई आग्रह समेत गरे । त्यस्तै मन्त्री शर्माले अटो व्यवसायीहरुले उठाएको ५० प्रतिशत एलसी मार्जिन लगायतका व्यवस्थाको म्याद थप नहुने स्पष्ट पारे । उनले सरकारले अटो व्यवसाय क्षेत्रमा गरिएका नीतिगत व्यवस्थाहरुको विषयमा गम्भिर रुपमा छलफल भएर निर्णय भएको भन्दै राजपत्रमा प्रकाशित भएपछि लागू हुने बताए । 

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताए । उनले नेपालमा उत्पादन विद्युत नेपालमा नै खपत बढाउनको लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको बताए । घिसिङले विद्युत खपतको लागि चार्जिङ स्टेसनहरु बिस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए । उनले विद्युत प्रशारण, वितरण र सव स्टेशनको विकास नभइ विद्युत खपत बढाउन नसकिने बताए । .

नेपालको समृद्धि, उर्जा खपत अभिवृद्धि भन्ने नाराका साथ सुरु भएको फिन इलेक्ट्रो टेक– २०२२ आगमी आइतबारसम्म चल्नेछ । मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको प्रदर्शनसँगै यस बारेमा आवश्यक जानकारी समेत उपलव्ध गराइने आयोजकले जानकारी दिएको छ ।