images

शुक्रवार, चैत्र १६ गते २०८०

लागूऔषध मुद्दाका फरार अभियुक्त चार वर्षपछि पक्राउ

लागूऔषध मुद्दाका फरार अभियुक्त चार वर्षपछि पक्राउ

images
images
images
मंगलवार, मंसिर २० २०७९
मंगलवार, मंसिर २० २०७९
  • लागूऔषध मुद्दाका फरार अभियुक्त चार वर्षपछि पक्राउ

    बुटवल, २० मंसिर ।

    images
    images
    images

    लागूऔषध मुद्दामा एक वर्ष कैद फैसला भइ फरार अभियुक्त चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० का पुन्ने प्रसाद चौधरी रहेका छन् ।

    २०७५ जेठ २६ गते राति करिव सवा ८ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगिकुटीस्थित प्रहरीद्वारा चेकजाँच गर्ने क्रममा उनी लागूऔषधसहित पक्राउ परेका हुन् । प्रहरीले उनलाई भारत सुनौली बजार गई १२ सय रुपैयाँको १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउन सुगर किनेर ल्याउँदै गर्दा पक्राउ गरेको थियो ।

    त्यसपछि लागूऔषध मुद्दा दर्ता गरिएकोमा अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीको थुनछेक आदेशले १० हजार धरौटी माग भएकोमा धरौट जम्मा गरेपश्चात उनी रिहा भएका थिए । त्यसपछि जिल्ला अदालत रुपन्देहीको २०७५ मंसिर २६ गतेको फैसलाले एक वर्ष कैद फैसला भएकोमा फैसला पश्चात् उनी फरार थिए ।
     
    फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको प्रहरी निरीक्षक सहितको टोलीले खोजतलास गर्दा पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij