images

बिहिवार, बैशाख १३ गते २०८१

टुगा आस्था सहकारीको आयोजनामा रक्तदान 

टुगा आस्था सहकारीको आयोजनामा रक्तदान 

images
images
images
सोमवार, मंसिर १९ २०७९
सोमवार, मंसिर १९ २०७९
  • टुगा आस्था सहकारीको आयोजनामा रक्तदान 

    भैरहवा, १९ मंसिर ।
    टुगा आस्था विकास बचत तथा ऋण सहकारी संघ लिमिटेड ओमसतिया–१ रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले विगतदेखि नै नियमित रुपमा खुल्ला रक्तदान कार्यक्रम गर्दै आइरहेकोमा नियमित खुला रक्तदान कार्यक्रमको श्रृंखलालाई नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको डेंगू रोग नियन्त्रण तथा रोकथामका अभियानलाई सहयोग पुर्याउने उद्देश्यसंग जोडेर शनिबार संस्थाको केन्द्रीय कार्यालयमा कार्यक्रम सम्पन्न गरेको सस्थाका अध्यक्ष डी.बी.थापाले बताए । 

    images

    कार्यक्रमबाट ४२ प्वाइन्ट रगत संकलन भएको संस्थाका मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले बताए । संस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गर्नुको साथै आफ्ना शेयर सदस्यलाइ बिरामी हुँदा आवश्यकता बमोजिम निःशुल्क रगतको व्यवस्थापन गर्दै आएको मुख्य प्रबन्धक थापाले बताए ।

    प्रत्येक चौमासिक रुपमा सञ्चालन गर्दै आएको यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डी.बी.थापाको र प्रमुख आतिथ्यता संस्थाको प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेलको रहेको थियो ।

    कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि तारा प्रसाद छन्तेल तथा सल्लाहकार तथा आधारभूत स्वास्थ्य चौकी तिलोत्तमा–१५ का प्रमुख (अधिकृत) गणेश गौतमले रक्तदानको महत्वका बारेमा चर्चा गरेका थिए । संस्थाका पदाधिकारी, कर्मचारी, रक्तदाता शेयर सदस्य लगायत नियमित स्वयंसेवी रक्तदाताहरु सहभागी भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष परशुराम बास्तोला तथा कार्यक्रम सञ्चालन मुख्य प्रबन्धक थापाले गरेका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij