२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

लायन्स सिद्धार्थनगर युथको आयोजनामा मधुमेह परीक्षण शिविर

आइतवार , मंसिर १८, २०७९

भैरहवा, १८ मंसिर ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा रुपन्देहीको मर्चवारी गाउँपालिका–६ स्थित बगौलीमा वृहत मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको सहयोग र मर्चवारी–६ स्थित आराध्या इङ्लिस बोर्डिङ स्कूलको सहकार्यमा शनिबार भएको एकदिने शिविरमा ५०० जना बढी लाभान्वित भएको कार्यक्रम संयोजक तेजबिर रसाइली (अमृत) ले बताए ।

शिविरमा जनरल मेडिसिन, दन्त रोग, बालरोग, नाक, कान, घाँटी, हाडर्जोनी, स्त्री तथा प्रसुती, ईसीजी सेवा, निःशुल्क औषधी वितरण तथा एचआइभी परीक्षण गरिएको उनले जानकारी दिए । शिविरमा मानो सर्पोटिङ म्यापल गु्रप, एसियन फार्मास्युटिकल्स प्रा.लि., युनिभर्सल फर्मुलेसन प्रा.लि., बायोगेन रेमिडिज लिमिटेड लगायतको सहयोग रहेको उनले बताए ।

WhatsApp Image 2022-12-04 at 3.09.08 PM.jpeg

क्लबका अध्यक्ष अनित कुमार गुप्ताको अध्यक्षता, रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाको प्रमुख आतिथ्यता, रुपन्देही–४ (१)का प्रदेशसभा सदस्य कन्हैया बनियाको विशिष आतिथ्यता तथा प्रशान्त श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।