images

मंगलवार, बैशाख ४ गते २०८१

पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको निःशुल्क परीक्षण

पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको निःशुल्क परीक्षण

images
images
images
शनिवार, मंसिर १७ २०७९
शनिवार, मंसिर १७ २०७९
  • पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको निःशुल्क परीक्षण

    भैरहवा, १७ मंसिर । 
    आइ.सी.एफ.सी. फाइनान्स लिमिटेड र नेपाल क्यान्सर केयर फाउण्डेसनको संयुक्त आयोजना तथा शहरी स्वास्थ्य केन्द्र सिद्धार्थनगर–११ को वडा समिति कार्यालयको सहकार्यमा शनिबार भैरहवामा पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ स्थित भुजौलीमा ३० वर्षदेखि ६० वर्षसम्म महिलाहरुको लागि एकदिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको आइ.सी.एफ.सी. फाइनान्सले जनाएको छ ।  

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष दिलिप कुमार यादवले स्वास्थ्य नै धन भएको बताए । उनले यस्ता स्वास्थ्य परीक्षण शिविरले रोगको पहिचान गर्न र उपचारका लागि समेत सहयोग पुर्याउने बताए ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको कार्यक्रममा १०० जना बढीको स्वास्थ्य परीक्षण गरिएको आइ.सी.एफ.सी. फाइनान्स लिमिटेड भैरहवा शाखा प्रबन्धक बिकल क्षेत्रीले बताए ।

    IMG-20221203-WA0020.jpg

    कार्यक्रममा १ सय जना बढीको स्वास्थ्य परीक्षण गरिएको र जसमध्ये ६ जनामा समस्या देखिएको क्रेडिट इञ्चार्ज विशाल बस्नेतले बताए । उनले ६ जना बिरामीको नेपाल क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्यमा निःशुल्क उपचार गरिने जानकारी दिए ।

    आइसीएफसी फाइनान्स लिमिटेडले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने मार्केटिङ हेड संजोग गुरुङले बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij