
शनिवार , मंसिर १७, २०७९
भैरहवा, १७ मंसिर ।
छत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले राजेन्द्रप्रसाद पन्थीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
सर्वसम्मत चयन भएको संचालक समितिमा उपाध्यक्ष थानेश्वर पोखरेल, सचिव चण्डीप्रसाद पाण्डे, कोषाध्यक्ष कृष्णप्रसाद पन्थी रहेका छन् । सदस्यहरुमा बासुदेव पन्थी, बासुदेव पाण्डे, देवका भण्डारी, सावित्री उपाध्याय, लक्ष्मण ज्ञवाली, लेखा सुपरिवेक्षण समितिको संयोजकमा निर्मल पन्थी र सदस्यमा अम्बिका ज्ञवाली लगायत छन् ।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक कुलमणि ज्ञवालीले शपथ गराएका थिए । त्यसअघि साधारणसभाको उद्घाटन गर्दै बचत तथा ऋण सहकारी संस्था लिमिटेड लुम्बिनी प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारी संस्थाहरुमा ऐन, नियमहरुको पूर्ण पालना र पारदर्शिताको खाँचो औल्याए ।
सदस्यहरुले चासो नदिएका धेरै सहकारी संस्थाहरु दुर्घटनामा परेको उदाहरण दिदै नेपालले वित्तीय साक्षरता र सदस्यहरु चनाखो हुन सके सहकारी क्षेत्रबाट ठूलो आर्थिक क्रान्ति हुने दावी गरे ।
अध्यक्ष नेपालले सहकारी संस्थामा नियमित बचतसँगै अन्य बचतका योजनाहरु ल्याउन आवश्यक रहेको बताए ।
सो अवसरमा अध्यक्ष राजेन्द्रप्रसाद पन्थीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद पन्थीले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।
साधारण सभामा तिलोत्तमा नगरपालिका सहकारी विभाग प्रमुख कृष्णप्रसाद पाण्डे, संस्थाका पूर्व अध्यक्ष माधवप्रसाद पन्थी, उपाध्यक्ष थानेश्वर पोखरेल, सचिव चण्डीप्रसाद पाण्डेयलगायतले पनि बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij