२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

पूँजी बजारको ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पौडेलको निर्देशन

शुक्रवार , पौष ३, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • काठमाडौं,  ३ पुस ।
    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनजर राख्दै ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् । ‘ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस, प्रो एक्टिभ भएर लाग्नुहोस्’– उनले भने । 

    अर्थमन्त्री पौडेलले पूँजी बजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए ।  त्यस्तै पूँजी बजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि उनले निर्देशन दिए । उनले ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिए । 

    बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिर कुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सह–सचिव झक्क प्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य लगायतको उपस्थिति थियो ।