२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

नेप्से ११ अंकले वृद्धि, सवा अर्बको कारोबार

बिहिवार , मंसिर १५, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १५ मंसिर ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । आज ११.२२ अंकले वृद्धि भएर नेप्से १९६१.०६ बिन्दुमा आएर रोकिएको छ ।
    सेन्सेटिभ इन्डेक्सममा पनि ०.४८ प्रतिशतले वृद्धि भएको छ। 

    सिबहीबार ३८ लाख ६५ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । १९६ कम्पनीहरुको कारोबार हुँदा १०७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ८५ कम्पनीको ओरालो लागेको र पाँचवटा कम्पनी स्थिर रहेको छ। 

    धौलागिरी १० प्रतिशत, श्वेतगंगा हाइड्रोपावर ९.२१ प्रतिशत भएको छ । नबिल बैंकको १४ करोड ४५ लाख बढीको सेयर कारोबार भएको छ । एनसीसी बैंकको आठ करोड १३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ । न्युज कारखाना