images

बिहिवार, बैशाख १३ गते २०८१

अत्याधुनिक उपकरणसहितको प्याथोलोजी भैरहवामा

अत्याधुनिक उपकरणसहितको प्याथोलोजी भैरहवामा

images
images
images
बुधवार, मंसिर १४ २०७९
बुधवार, मंसिर १४ २०७९
  • अत्याधुनिक उपकरणसहितको प्याथोलोजी भैरहवामा

    भैरहवा, १४ मंसिर । 
    भैरहवामा अत्याधुनिक उपकरणसहितको प्याथोलोजीले सेवा सुरु गरेको छ । १७ वर्षदेखि प्रयोगशाला क्षेत्रमा अनुभव प्राप्त प्राविधिकसहित तीन जना युवाको लगानीमा रुपन्देही क्षेत्रकै उत्कृष्ट श्रेणीको ल्याब स्थापना भइ भैरहवाको बैंकरोडमा सञ्चालनमा आएको हो । करिब २ करोडको लगानीमा बिरामीलाई एकै छानामुनि ल्याबसम्बन्धी सम्पूर्ण सेवाहरू ए वान हेल्थ नेपालबाट दिने गरी सेवा सुरु गरिएको सञ्चालक डाक्टर आदर्शकुमार झुनझुनवालाले बताए ।

    images

    विश्वको चर्चित उपकरणहरु युएसएफडीएबाट मान्यता प्राप्त उपकरणबाट विभिन्न प्रकारका स्वास्थ्य जाँच पारदर्शिता कायम गरी बिरामीले आफै हेर्न सक्ने गरी व्यवस्था मिलाइएको सिइओ समेत रहेका झुनझुनवालाले बताए ।  

    स्वास्थ्य क्षेत्रमा अनुभव संगालेका चिकित्सकसहितका दर्जन बढी प्राविधिकहरुको सहकार्यमा विश्वकै उत्कृष्ट उपकरणहरुबाट प्रयोगशालामा विशेषज्ञसहितको परामर्श सेवा दिने गरी व्यवस्था मिलाइएको सञ्चालक टंक प्रसाद आचार्यले बताए । 

    डिजिटल माध्यम भाइवर, वाट्सअप र मेल सेवाबाट रिपोर्ट दिने गरी सामान्यदेखि विशिष्टिकृत प्रकारको जाँच एवान हेल्थ नेपालले बजार मूल्य वा सो भन्दा कममै दिनेमा प्रतिबद्धता जनाएको छ । नियमित चेकजाँच गराउनेलाई विशेष छुटका साथ अन्य जाँचमा पनि अहिले उद्घाटनको अवसरमा विशेष छुटका साथ सेवा सुरु गरेको सञ्चालक नारायण गौतमले बताए । 

    a1 (1).jpeg

    प्रयोगशालामा क्यान्सरको वायोप्सी, वीर्यको सम्पूर्ण परीक्षण, हर्मोन, सबै खालको ट्युमर, प्रोस्टेड, गर्भवती महिलामा बच्चाको धड्कन, तीन महिना अघिपछिको मधुमेहको विश्लेषण जस्ता विशिष्टीकृत स्वास्थ्य परीक्षण हुन्छ । प्रयोगशालामा राखिएका सम्पूर्ण उपकरण अमेरिका, जर्मनी लगायतका विश्व बजारमा अब्बल मानिने अन्तर्राष्ट्रिय मापदण्डका रहेको कम्पनीको दावी छ । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij