
मंगलवार , श्रावण १३, २०७७
भैरहवा, १३ साउन ।
सेवाग्राहीलाई जग्गाको मुआब्जा दिलाउन सहजीकरण गरिदिने भन्दै घुस लिने दुई जनालाई अख्तियारले भैरहवाबाट नियन्त्रणमा लिएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवले घुस माग गरेको भनी उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरुलाई मंगलबार दिउँसो १ बजे रंगेहात नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले निगरानी गर्ने क्रममा कार्यालय सहयोगी लोध र यादवले सेवाग्राहीबाट ४ लाख लिइसकेको अवस्थामा उनीहरुलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित सेञ्चुरी बैंक लिमिटेडबाट नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij