२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

नेपाल एसबीआई बैंकका ग्राहकलाई टाईगर प्यालेस रिसोर्टमा छुट

सोमवार , मंसिर १२, २०७९

भैरहवा, १२ मंसिर ।
नेपाल एसबीआई बैंकका ग्राहकलाई टाईगर प्यालेस रिसोर्टले छुट प्रदान गर्ने भएको छ । बैंक र टाईगर वन प्रा.लि. (टाईगर प्यालेस रिसोर्ट) तिलोत्तमा–१३, रुपन्देहीबीच बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई छुट दिने सम्झौता भएको हो ।

बैंकका ग्राहकहरुलाई लक्षित गरी टाईगर प्यालेस रिसोर्टमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरेवापत विभिन्न सेवामा छुट दिने सम्झौता भएको बैंकले जनाएको छ । 

सोमबार बैंकका भैरहवा शाखा प्रबन्धक दिलिप राय र रिसोर्टका कार्यकारी सहायक प्रबन्धक डेन्जुङ्ग शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्  ।

भारतीय स्टेट बैंक, कर्मचारी सञ्चय कोष (काठमाडौं) र नेपाली नागरिकको संयुक्त लगानीमा स्थापना भएको नेपाल एसबीआई बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क वर्गको बैंक हो । हाल बैंकले ९१ वटा शाखा, २२ वटा एक्सटेन्सन काउण्टर, ७ वटा प्रदेश कार्यालय, १० वटा शाखारहित बैंकिङ केन्द्र र मुख्य कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।