२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

हिमचुलीको १६ औं साधारण सभा सम्पन्न 

शनिवार , मंसिर १०, २०७९

भैरहवा, १० मंसिर । 
हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७, रुपन्देहीको १६ औं वार्षिक साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ । 

२०६४ सालमा २६ जना मिलेर खोलेको सहकारीमा अहिले ८ सय ४८ जना सदस्य रहेको र शेयर पूंजी १० करोड ३१ लाख ४८ हजार ८ सय २५ रुपैयाँ पुगेको सहकारीका अध्यक्ष बसन्त कुमार लाल कर्णले जानकारी दिए । सहकारीको अहिले धकधई र बेथरीमा सम्पर्क कार्यालय खोलेर आफ्ना सेवा दिइरहेको कर्णले बताए । आगामी दिनमा संस्थाको शेयर सदस्य १ हजार २ सय जना पुर्याउने लक्ष्य रहेको कर्णले बताए । उनले सहकारीको सिद्धान्तअनुसार समाजप्रति उत्तरदायी भइ संस्था स्थापनाको अवसर पारेर प्रत्येक वर्ष राहत वितरण लगायतको कामहरु गरिरहेको बताए  । यससँगै संस्थाको सदस्यहरुको हितमा हुने गरी दुर्घटना बीमा समेत गरिएको बताए । 
कार्यक्रममा बोल्दै रुपन्देही ३ (१) बाट नवनिर्वाचित प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले अहिलेको चरम आर्थिक संकटको समयमा सहकारीताको माध्यमबाट जोगिनुपर्ने बताए । उनले कोभिड लगायतको कारण देखिएको आर्थिक मन्दीलाई प्रदेश सरकारले सम्बोधन गर्ने ग।प् काम गर्ने प्रतिवद्धता जनाए । अहिलेको आर्थिक मन्दिबाट जुध्न सहकारीहरुले पनि सहयोग गर्नुपर्ने पाण्डेको धारणा रहेको थियो । 

IMG_9989.JPG

सोही कार्यक्रममा प्रदेश ४ (१) का प्रदेश सभा सदस्य कन्हैया बनियाले जनताले दिएको मतको कदर गर्ने बताए । उनले मर्चवारवासीले विश्वास गरेर आफूलाई विजयी बनाएकोले सदैव मर्चवारको विकासमा लागि रहने बताए । 

हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त कुमार लाल कर्णका अध्यक्षता, प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डे, कन्हैया बनियाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका शेयर सदस्यहरु परशुराम पराजुली, मात्रिका प्रसाद यादव, मुकुन्द कुमार वर्मा, नेपाल खानेपानी संस्थानका शाखा प्रमुख अजय साह, उत्साहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण ढुंगाना, लुम्बिनी प्रदेश प्रमुखका सल्लाहकार गुणाराम घिमिरेले बोलेका थिए । कार्यक्रमको सञ्चालन श्रीराम गुप्ताले गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष बेचन प्रसाद गुप्ताले स्वागत तथा कोषाध्यक्ष समसाद अहमद खाँनले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।