
शनिवार , मंसिर १०, २०७९
बुटवल, १० मंसिर ।
घरदैलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बाबुराम गौतमको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका सहकारी शाखा प्रमुख कृष्णप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै पाण्डेले सहकारीहरु अब उत्पादन केन्द्रित बन्नुपर्नेमा जोड दिए । उनले बचत तथा ऋणको कारोवारमा मात्र केन्द्रित नभई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक भएकोमा जोड दिए । सहकारीका अध्यक्ष बाबुराम गौतमले घरदैलो सहकारीलाई उत्कृष्ट बनाउने अभियानमा जुटेकोले सबै शेयर सदस्यहरूको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
सो अवसरमा जेष्ठ शेयर सदस्य चिन्ता कुमारी भट्टराई, असल बचतकर्ता लक्ष्मी कार्की, असल ऋणी पुनम श्रेष्ठ, कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउन शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।
सहकारीका शेयर सदस्य लक्ष्मी कार्कीको स्वागत तथा सचिव सन्तोष पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । लेखा सुपरीवेक्षण समितिकका संयोजक विजय गौतमको प्रतिवेदन र कोषाध्यक्ष कूलबहादुर थापाको आर्थिक प्रतिवेदन सहकारीको साधारणसभाले पारित गरेको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ ।
अधिवेशनले पुन बाबुराम गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा शान्ति सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा कूल बहादुर थापा चयन भएका छन । सदस्यमा लक्ष्मी थापा कार्की, कविराज भट्टराई र तेजिन्द्र गौतम रहेका छन् । त्यस्तै लेखा समिति संयोजकमा विजय गौतम र सदस्यमा कोषबहादुर बस्नेत, सुदन पन्थी रहेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij