
शुक्रवार , मंसिर ९, २०७९
बुटवल, ९ मंसिर ।
रुपन्देहीको तिलोत्तमामा यही मंसिर १५ देखि २६ गतेसम्म दोस्रो राष्ट्रि«य औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७९ हुने भएको छ । कोभिड–१९ को कारण उपयुक्त वातावरणमा मेला सञ्चालन गर्न नपाएका उद्योगी व्यवसायीले यसपटक मंसिर १५ बाटै मेला सुरु गर्ने भएका हुन् ।
तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्स, तिलोत्तमा उद्योग वाणिज्य संघको सह–आयोजनामा मेला हुन लागेको मेला मुल आयोजक समितिका संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए ।
जीएमका अनुसार मेला विभिन्न २ सयदेखि ३ सयसम्म स्टलहरु रहेनछन् । मेलाको करिब १५ लाख दर्शक उपभोक्ताले अवलोकन गर्ने अपेक्षा लिइएको जीएमले बताए ।
मेलामा महिला कुस्ती प्रतियोगिता, मम्मी डान्स, डान्स आइडल तथा विभिन्न विधाका प्रतियोगिताहरु राखिने जीमले उल्लेख गरे । मेलामा आकर्षक सेल्फी जोनको पनि निर्माण गरिने र आकर्षक प्यागोडा शैलीको गेट समेत निर्माण गरिने उनले जानकारी दिए । मेलाले औद्योगिक विकासमा टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।
मेला अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने साँस्कृतिक संयोजक भूपति न्यौपानेले बताए । मेलामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता समेत राखिएको नृत्य प्रशिक्षक तिर्सना बुढाथोकीले जानकारी दिइन् ।
कोभिड–१९ पछि खुलेर मेला सञ्चालन नभएको अवस्थामा यो मेला सबैका लागि आकर्षक हुने तिलोत्तमा चेम्बर अफ कमर्शका संस्थापक जेपी कडेंलले बताए । आम उपभोक्ता र ब्यापारी व्यवसायीलाई नजिक बनाउन यो मेलाले सहज भूमिका खेल्ने विश्वास उनले ब्यक्त गरे । मेलामा कृषि र पर्यटनलाई पनि टेवा पुग्ने गरी स्टलहरु सहभागी गराइने तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भूसालले बताए ।
मेला अविधिभर संचारकर्मी, कुटनीतिक निकायका प्रतिनिधि तथा सरकारी निकायका कर्मचारीलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रचारप्रसार संयोजक सूर्य चापागाईले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij