२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

नियमित गुणस्तरीय विद्युत आपूर्ति हुनुपर्ने माग

मंगलवार , मंसिर ३०, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, ३० मंसिर । 
    सिद्धार्थ उद्योग वाणिज्य रुपन्देहीले नियमित गुणस्तरीय विद्युत आपूर्ति हुनुपर्ने माग गरेको छ । मंगलबार नेपाल विद्युत प्राधिकरणका प्रमखहरुसंगको छलफल कार्यक्रममा संघले उक्त माग गरेको हो । 

    लुम्बिनी औद्योगिक कोरीडोर, भैरहवा–बुटवल सडकखण्ड एवं भैरहवा–परासी औद्योगिक कोरिडोरमा संचालित उद्योगहरूमा नियमित विद्युत आपूर्ति नहुने समस्या रहेको संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए । उनले आवश्यक भोल्टेजमा विद्युत प्राप्त नहुने, उद्योगहरूलाई बिना सूचना ट्रिपिङ हुने कारणले उद्योग संचालनमा समस्या तथा मोटर, मिल र मेशिनरीमा नोक्सानी बढिरहेको बताए ।

    छलफलमा १३२ के.भी.ए. विद्युत परियोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने, उद्योगहरुमा गुणस्तरीय विद्युत आपूर्तिको प्रत्याभूति गरिनुपर्ने उद्योगीहरुले माग गरेका थिए । 

    ठूलो लगानीबाट स्थापना भएका राष्ट्रियस्तरका उद्योगहरूमा ट्रिपिङ्ग एवं भोल्टेज अपडाउनका कारणले उद्योग संचालनमा पर्न गएको समस्या समाधान सम्बन्धमा छलफल गरिएको संघका कार्यकारी सचिव आनन्द खनालले बताए ।

    संघका महासचिव नेत्र प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालयका निर्देशक सुरज गौतम, विद्युत प्राधिकरण ग्रिड महाशाखा, योगीकुटीका प्रमुख उमेश झा तथा भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झा, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य महेन्द्र कुमार श्रेष्ठ, राजेश अग्रवाल, संघका पूर्वअध्यक्ष, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य तथा यस क्षेत्रका उद्योगीहरूको सहभागिता रहेको थियो ।