images

शुक्रवार, चैत्र १६ गते २०८०

सेयर बजार २५.५७ अंकले वृद्धि

सेयर बजार २५.५७ अंकले वृद्धि

images
images
images
बिहिवार, मंसिर १ २०७९
बिहिवार, मंसिर १ २०७९
  • सेयर बजार २५.५७ अंकले वृद्धि

    काठमाडौं, १ मंसिर । सेयर बजार दाेहाेराे अंकले वृद्धि भएकाे छ ।  बिहिबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हाे ।

    images
    images
    images

    सेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो (१३.४०) अंकले वृद्धि भएको थियो । 

    ४३ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको  छ । ८७ कम्पनीको कारोबार हुँदा १७२ कम्पनीमा वृद्धि भएको, १३ कम्पनीमा ओरालो  लागेको र २ कम्पनी स्थिर रहेको छ ।

    सबैभन्दा धेरै रिडी पावर कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ र शिभम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार २८८ रुपैयाँले कारोबार भएको छ । सिक्लेस हाइड्रोपावर १० प्रतिशतले, सयपत्री हाइड्रोपावर ९.९९ प्रतिशत र बोटलर्स नेपालको ७.५१ प्रतिशतले वृद्धि भएको छ ।

     सबै उपसूचकहरूमा हरियाली छाएको छ, जसमा सबैभन्दा धेरै हाइड्रोपावरमा ३.१४ प्रतिशतले उकालो लागेको छ । साथै, फाइनान्स, ट्रेडिङ र म्यानुफेक्चरीङ प्रोसेसिङमा २ भन्दा बढी प्रतिशतले वृद्धि भएको र अन्य सबै उपसूचकहरुमा पनि वृद्धि भएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij