images

मंगलवार, बैशाख ४ गते २०८१

रुपन्देहीका मतदाता भन्छन् : पूर्वाधार विकास नै समुन्नत रुपन्देहीको आधार

रुपन्देहीका मतदाता भन्छन् : पूर्वाधार विकास नै समुन्नत रुपन्देहीको आधार

images
images
images
बिहिवार, मंसिर १ २०७९
बिहिवार, मंसिर १ २०७९
  • रुपन्देहीका मतदाता भन्छन् : पूर्वाधार विकास नै समुन्नत रुपन्देहीको आधार

    रुपन्देही, १ मंसिर ।
    पूर्वाधार विकासकै कारण रुपन्देही देशकै नमूना जिल्ला बन्दै छ । निर्माण सम्पन्न भएका र सुरु भएका दर्जनौ योजनाको कार्यान्वयनले विकासको नमुना र अगुवा जिल्लाका रुपमा रुपन्देहीको रुप फेरिँदै गएको हो । पछिल्लो डेढ दशकलाई तुलना गरेर हेर्दा जिल्लाले विकासमा छलाङ मारेको छ ।

    images
    images
    images

    यो क्षेत्र विकासकलाई यो उचाइमा पुर्याउने जस यहाँका जनप्रतिनिधिलाई नै जाने गर्दछ । विकासको बलियो जग बसालेका विष्णु पौडेल पटकपटक अर्थमन्त्री तथा मन्त्री हुँदाको फाइदा जिल्लाले पाएको यहाँका मतदाताको भनाइ छ । उनै पौडेल पुनः प्रतिनिधि सभाका सदस्यका उम्मेदवार बनेका छन् । यो क्षेत्र नम्बर २ मात्र नभई समग्र रुपन्देहीबासीका लागि खुशीको कुरा भएको बताउँछन् बुटवल– १३ का अगुवा तुलसीराम पौडेल ।
    जिल्लामा सुरु भएका योजनाको पूर्णता र नयाँ योजनाको थालनी गर्न अहिलेको अवस्थामा पौडेलको विकल्प नभएको उनको भनाइ छ । “पार्टीभित्र मात्रै होइन अरु पार्टीमा समेत पौडेललाई टक्कर दिने नेता छैनन्”, तुलसीराम भन्छन् । 

    पौडेलकै नेतृत्वमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरण सम्पन्न भई सञ्चालनमा आएको छ र दोस्रो चरणको निर्माणकार्य सुरु हुँदैछ । विमानस्थल निर्माणले यो क्षेत्रका उद्योगी व्यवसायी हौसिएका छन् । यसको दीर्घकालीन योजना बनाएर निरन्तर अन्तर्राष्ट्रिय उडान हुने हो भने रुपन्देहीले विकास ठूलो फड्को मार्ने बताउँछिन् लुम्बिनीका पर्यटन व्यवसायी मिरा गौतम ।

    पौडेल रुपन्देहीबाट पहिलोपटक प्रतिनिधिसभामा चुनिएपछि बुटवल–बेलहिया छ लेन सडक, निर्माण सुरु भएको थियो । अहिले यो सडक हेर्न लायक बनेको छ । चौराह गोलपार्क सडक मुद्दामामिलाका कारण निर्माणकै क्रममा रहेपनि चौराहादेखि बेलहियासम्मको सडक निर्माण पूरा भएपछि बुटवल भैरहवाको दूरी छोटिएको छ । 

    भुमही–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुलहरू, बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तामनगरमा कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय (केएनआईपी) को स्थापना, शंकरनगर वनवाटिकामा बुहउद्देश्यीय भवन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका क्षेत्रमा अनेकौँ पूर्वाधारहरू निर्माण हुनुले यो क्षेत्र विकासको अगुवा नै बनेको छ । सैनामैना चक्रपथ र बेलबास–बेथरी सडकको अधिकांश काम सम्पन्न भएको छ ।  कालिका पथ, बुटवल–नारायणघाट छ लेन सडक, तटबन्धसहितको तिनाउ–दानव कोरिडोर सडक, लुम्बिनी गुरु योजना, कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना, सिद्धबाबा सुरुङमार्ग र सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ । 

    तिनाउ नदीमा सिग्नेचर पुल, बुटवल–गोरुसिङ्गे–चन्द्रौटा छ लेन सडक, झुम्साखोला खानेपानी आयोजना, तिलोत्तमामा सरकारी स्वामित्वको मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, बुटवल मण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल, देवदहमा बहुविषयक लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि प्रक्रिया थालिएको छ । 

    लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा स्तरोन्नति, कर्साघाटमा आधुनिक पूर्वाधारसहितको कृषि उपज केन्द्र, ऐतिहासिक बोलबम धामको पूर्वाधार, जितगढी लगायतका पुरातात्विक सम्पदा क्षेत्रको संरक्षण र विकासको कामको थालनी भएको छ । 

    सैनामैनामा लामीरह बाँधसहितको पर्यटकीय पूर्वाधार, सैनामैनामै आधुनिक प्रविधिसहितको फोहोर मैला प्रशोधन केन्द्र, विद्युत् प्रसारण लाइन भूमिगत गर्ने कार्य, बिटिआईलाई इन्जिनियरिङ कलेजमा स्तरोन्नति, मोतीपुर औद्योगिक क्षेत्र, मुर्गिया र रामापुरबाट लुम्बिनी जाने सडक, बेलबास–नुवाकोट–दोभान सडक, सैनामैनामा जेष्ठ नागरिक संरक्षण ग्राम र प्राकृतिक चिकित्सालय तथा योग केन्द्र निर्माण, सहरी क्षेत्रमा ओभरहेड ब्रिजसहितको पूर्व पश्चिम रेलमार्ग, कर्णेल उजीरसिंह रङ्गशाला लगायतका आयोजना सम्पन्न हुँदा रुपन्देहीले विकासमा धेरै जिल्लालाई पछाडि छाडेको हुनेछ । 

    रुपन्देही –२ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका दृष्टिले देशकै नमुना बनाउने उद्देश्यका साथ विगतदेखि नै पूर्वाधार विकासलाई प्राथमिकता दिँद विभिन्न योजना अघि सारेका छन् ।

    संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय र सहकार्यमा यस क्षेत्रका सबै सडकहरूलाई पाँच वर्षभित्र ढल निकास र नालीसहित कालोपत्रे गर्ने योजना पौडेलले प्रतिबद्धता पत्रमा समेटेका छन् ।

    निर्माणाधीन अवस्थामा रहेका तिनाउ–दानव कोरिडोर सडक, सैनामैना चक्रपथ, तिलोत्तमा चक्रपथ, कालिका पथ, बेलबास–बेथरी सडक, मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, बेलबास– नुवाकोट–दोभान सडक कालोपत्रेसहित स्तरोन्नती गरिने छ ।

    यस्तै ड्राइभरटोल–शिवपुर र ड्राइभरटोल–पडसरी सडक, मेजर रोड, गोलपार्क–गणेशस्था – फूलबारी–जितगढी–बँदेलपोखरी–तामनगर सडक, राजमार्ग चौराहदेखि मेडिकल कलेज जोड्ने अभियानपथ र तपाहा लाईन शिवपुर सडक स्तरोन्नती गरिने छ ।

    देवीनगर चौपारी–योगीकुटी शान्तिचोक–पश्चिम पहुनी सडक, रानीबगिया–कचल–रिब्दीकोट सडक, तामनगर–महापुर–पालुङ्ग–बतासे सडक, मुर्गिया–जुठापैवा–बल्डेङ्गगढी सडकलगायतका महत्वपूर्ण सडकहरूको नाली र कालोपत्रेसहित निर्माण र स्तरोन्नति गरिने पौडेलले सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

    बुटवल बाईपास तथा लिङ्करोडअन्तर्गत धागो कारखाना– योगीकुटी– मगरघाट–बेलभरिया – कर्साघाट सडक, मिलनचोक–देवीनगर–हात्तीसुँढ–नहरपुर–बेलबास सडक, रङ्गशालापथ, चाँदबारी–शिवनगर सडक, नयाँगाउँ–बेलबास सम्पर्क सडक, मैनाबगर– श्रीरामनगर– जितगढी सडक पूर्वाधार निर्माण सम्पन्न गरिने जनाइएको छ । 
    यसअन्तर्गत निर्वाचन क्षेत्रभित्रका अन्य महत्वपूर्ण सडकहरूलाई पनि समावेश गरिने छ । टप मजुवा र बसपार्क जोड्ने तिनाउ नदीमा मोटरेबल पुल निर्माण गरिने पौडेलको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

    निर्वाचन क्षेत्रअन्तर्गतका ठाडा खोला, खोल्सी, नहरहरूमा आवश्यकताअनुसार कल्भर्ट निर्माण गरी बस्तीहरूमा यातायातको सुविधा सहज बनाइने छ ।

    सहरका आवश्यक स्थानहरूमा प्रतीक्षालय, यात्रु विश्राम स्थलहरू निर्माण गरिने छ । अवस्था हेरी सडक निर्माण गर्दा साइकल लेन तथा अपाङ्गमैत्री संरचना निर्माण गरिने छ । नयाँगाउँ स्थित ट्रान्सर्पोट भिलेजको पहुँच मार्ग र बाँकी पूर्वाधारहरूको निर्माण सम्पन्न गरिने पौडेलको प्रतिबद्धता छ । 

    “सुरु भएका योजना पूरा गर्न र नयाँ योजनाको थालनी गर्न म निर्वाचन लडेको छु । यी योजना कार्यान्वयनपछि रुपन्देही विकास हेर्न आउने र सिक्ने थलोका रुपमा परीणत हुने छ”, उम्मेदवार पौडेलले भने । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij