२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

७ लाख घरधुरीमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा

बुधवार , कार्तिक ३०, २०७९

भैरहवा । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको ग्राहक संख्या ७ लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिंकले सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुंगा पार गरेको हो ।

स्थापना भएको वर्ल्डलिंकले २७ वर्षमा यो कोशेढुंगा पुरा गरेको हो । पछिल्लो करिब साढे ५ वर्षमा मात्रै वर्ल्डलिंकले ६ लाख ग्राहक थपेको हो ।

विजय जलान, दीलिप अग्रवाल र श्याम अग्रवालको वर्ल्डलिंकका जन्मदाताहरू हुन् । उनीहरुको प्रयासमा जन्मिएको कम्पनीले २७ वर्षमा देशभर १५० भन्दा बढी शाखा कार्यालय स्थापना गरिसकेको छ ।

पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको कम्पनीले देशका सातै प्रदेशका दार्चुला, बैतडी, मनाङ र मुस्ताङबाहेकका ७३ जिल्लामा इन्टरनेट सेवा पुर्‍याइसकेको छ ।

कूल इन्टरनेट ट्राफिकमध्ये ४२ प्रतिशत खपत वर्ल्डलिंकका प्रयोगकर्ताले गर्छन् । १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेस मार्फत फ्रि वाईफाई दिइरहेको कम्पनीले प्रति कनेक्सन औसत ४.३ प्रयोगकर्तालाई आधार मान्दा ३० लाख २४ हजारभन्दा बढी व्यक्तिलाई इन्टरनेट सेवा दिइरहेको छ ।

कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवाल ग्राकवर्ग, टिम मेम्बर, सरकार र शुभचिन्तकहरुको साथ, सहयोग र समर्थनमा नै यो महत्वपूर्ण कोशेढुंगा पार भएको बताए ।

‘सबैलाई साधै राम्रो सेवा दिने हाम्रो मुख्य उद्देश्य हो, त्यसअनुसार हामीले लगानीको प्रतिफल नउठ्ने ठाउँमा समेत सेवाको उद्देश्य राखेर लगानी गरिरहेका छौं,’ उनी भन्छन्,’फ्रि वाइफाइ लगायतका सेवा समेत दिएर हामी ग्राहकसँग जोडिरहेका छौं ।’