२०८३, कार्तिक ९ गते

Oct 26 2026 | २०८३, कार्तिक ९ गते

रेडक्रस सोसाइटी सिद्धार्थ उप–शाखाद्वारा रक्तदान

सोमवार , कार्तिक २८, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, २८ कात्तिक ।
    नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उप–शाखा, रुपन्देहीले आइतबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियानलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा रेडक्रस सोसाइटी सिद्धार्थनगर उप–शाखाका सदस्य मनोज अग्रवालले बताए ।

    आइसीएफआरसी, ब्रिटिश रेडक्रस र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको सहयोगमा भएको कार्यक्रममा ५४ युनिट रगत संकलन भएको रेडक्रस सिद्धार्थनगर उप–शाखाका सभापति बसन्तकुमार लालकर्णले बताए ।

    रेडक्रस रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक मनोज अग्रवालको स्वागत, उप–शाखा उपसभापति ललिता बछार चौधरी तथा सचिव राजेश जि.सी.को सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद सापकोटा, उपसचिव सीता भट्टराई, सदस्य विनिता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।