२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

कामना सेवा विकास बैकको १६ औं वार्षिकोत्सव सम्पन्न

आइतवार , कार्तिक २७, २०७९

भैरहवा । कामना सेवा विकास बैकको १६ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाइएकाे छ । वार्षिकोत्सव को अवसरमा बै‌कले सप्ताहाब्यापी कार्यक्रम गरेकाे छ । सप्ताहाब्यापी कार्यक्रमकाे आज समापन गरिएकाे छ।

बैंकको क्षेत्रिय कार्यलय बुटवलले आयोजना गरेको कार्यक्रममा बैकका सञ्चालक, पुर्व सञ्चालक, संस्थापक लगानीकर्ता तथा बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थितीमा शुभकामना आदान प्रदान गरी वार्षिकाेत्सव मनाएको हाे ।

बैकंका सञ्चालक समिती सदस्य भिम प्रसाद तुलाचनकाे अध्यक्षतामा भएकाे कार्यक्रमको सञ्चालन क्षेत्रीय प्रमुख मोहनदत्त खनालले गरेका थिए ।

कार्यक्रममा पुर्व सञ्चालक पर्शुराम पाण्डेले स्वागत मन्तव्य दिएका थिए भने संस्थापकहरु कृष्ण पौडेल, रुपकेशरी बज्राचार्य, त्रिलोचन पौडेल, मित्रलाल न्यौपाने, कमल उदय, डा. कृष्ण प्रसाद न्यौपाने र विमल बहादुर शाक्यले शुभकामना दिएका थिए । 

कार्यक्रममा बाेल्ने बक्ताहरुले गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवा उपलव्ध गराउदै सम्पुर्ण जनमानसको लोकप्रिय बैकं बनाउने उल्लेख गरे । कार्यक्रममा बैकंका यस क्षेत्रका शेयरधनीहरु, सञ्चालक, पुर्व सञ्चालक, बुटवल, कोटीहवा, भैरहवा कलस्टर प्रमुख तथा अन्य कर्मचारीको समेत उल्लेख्य उपस्थिती थियो ।