images

शुक्रवार, बैशाख २१ गते २०८१

रुपन्देही ३ (ख) मा अत्याधिक मतले जित्छौं : ढकाल

रुपन्देही ३ (ख) मा अत्याधिक मतले जित्छौं : ढकाल

images
images
images
शनिवार, कार्तिक २६ २०७९
शनिवार, कार्तिक २६ २०७९
  • रुपन्देही ३ (ख) मा अत्याधिक मतले जित्छौं : ढकाल

    भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामचन्द्र ढकालले प्रदेश सभा सदस्यमा अत्याधिक मतका साथ चुनाव जित्ने बताएका छन् ।

    images
    images
    images

    नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति समेत रहेका ढकालले रुपन्देही क्षेत्र नम्बर ३ (ख) को चौतर्फि बिकासका लागि आफुलाई निर्वाचित गरेर पढाउने आम मतदाताले आश्वासन दिएको बताए । उनले आफु संसद भएपछि क्षेत्रको बिकासका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर अगाडि बढ्ने बताउदै त्यसका लागि यस पटक मतदाताले रुख चिन्हमा मतदान गर्नुपर्ने बताए ।

    आफ्ना चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुग्ने क्रममा मतदाताले आफुप्रति निकै बिश्वास गरेको बताउदै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्ने उल्लेख गरे । जिल्ला बिकास समितिको उपसभापति भईसकेका ढकालले रुपन्देहीमा बिकासको जग बसाएको स्थानियको भनाई छ ।

    ढकालले आम जनताको हित, देशको विकास र राष्ट्रियताको रक्षाका लागि नेपाली कांग्रेससँग मात्रै स्पष्ट भिजन र एजेण्डा रहेकाले कांग्रेसलाई जिताउन अपील गरेका छन् । शनिवार तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का विभिन्न स्थानमा घरदैलोमा बोल्दै नेता ढकालले कांग्रेस जनताको भावना अनुसार काम गर्ने पार्र्टी भएको उल्लेख गरे । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij