२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

सुनको मूल्य १४०० रुपैयाँले बढ्यो

बुधवार , कार्तिक २३, २०७९

काठमाडौं, २३ कात्तिक । सुनकाे मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेकाे छ । म‌ंगलबारकाे तुलनामा बुधबार सुनकाे मूल्य ताेलामा एक हजार ४०० रुपैयाँले बढेकाे पाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साेमबारकाे तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । न्युज कारखाना