२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

नेपालीले तीन महिनामा १७ लाख २५ हजारको ‘टुथपिक’ले दाँत कोट्याए

बुधवार , कार्तिक २३, २०७९

काठमाडौं, २३ कात्तिक । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १७ लाख २५ हजार रुपैयाँको टुथपिक (दाँत कोट्याउने सिन्का) आयात गरेको छ । 

२०७९ साल साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको टुथपिक आयात गरेको हो । भन्सार विभागका अनुसार सो अविधमा नेपालमा विभिन्न देशबाट ५ हजार २८८ केजी टुथपिक भित्रिएको छ । 

पछिल्लो तीन महिनामा चीन र थाइल्याण्डबाट नेपालले टुथपिक आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले १ करोड २ लाख ४१ हजार रुपैयाँको टुथपिक आायात गरेको थियो । न्युज कारखाना