२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

वैवाहिक वर्षगाँठको अवसरमा वृद्धाआश्रममा सहयोग

आइतवार , मंसिर २८, २०७७

  • 6.3K
    Shares
  • 6.3K
    Shares
  • भैरहवा, २८ मंसिर । 
    हिन्दु जागरण नेपालका केन्द्रीय सदस्य नारायण प्रसाद कोइरालाले आफ्नो १४ औं वैवाहिक वर्षगाँठको अवसरमा वृद्धाआश्रमलाई सहयोग गरेका छन् । उनले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्यसाई बृद्ध सेवा आश्रममा आइतबार कम्मल तथा खाद्यान्न सामाग्री प्रदान गरेका हुन् ।

    गोल्डेन फ्युचर एजुकेशन एण्ड रिसर्च सेन्टरका प्रिन्सिपल समेत रहेका कोइरालाले १७ वटा कम्मल, ५० के.जी. चामल, चिनी, दाल, घिउ, चियापत्ति लगायतका सामाग्री आश्रमलाई उपलब्ध गराएका हुन् ।

    आश्रममा रहेका वृद्ध आमाबुवाको लागि कम्मल र खाद्यान्न सामाग्री प्रदान गर्न पाउँदा खुशीको अनुभुति भएको छ, कोइरालाले भने, ‘आगामी दिनमा पनि वैवाहिक वर्षगाँठको अवसरमा यस्तै खालका कार्यक्रमहरु गर्ने सोच बनाएको छु ।’

    सो अवसरमा श्री सत्यसाई बृद्ध सेवा आश्रमकी अध्यक्ष माया खरेल, नारायण प्रसाद कोइरालाकी श्रीमती शशि कोइराला, दिदी विष्णु भुसाल, छोराद्धय सोपनिल र संयोग कोइरालाको उपस्थिति रहेको थियो । आश्रमकी अध्यक्ष खरेलका अनुसार हाल आश्रममा १४ जना वृद्धवृद्धा छन् ।IMG_8332.JPG