
सोमवार , कार्तिक २१, २०७९
भैरहवा, २१ कात्तिक ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले एकैदिन भैरहवाका तीन वटा विद्यालयमा वृक्षारोपण गरेको छ । शुक्रबार भैरहवास्थित श्री बिन्ध्यावासिनी मिशुजु आधारभूत विद्यालय, श्री पक्लिहवा माध्यमिक विद्यालय र श्री बहिरा बाल माध्यमिक विद्यालय मा ३ सय वटा विरुवा रोपिएको बैंकका भैरहवा कलस्टर प्रमुख सतिश द्विवेद्वीले बताए ।
१४ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गर्न लागिएको ‘ग्रो ग्रिन प्रोजेक्ट’ अन्तर्गत १४ हजार वटा विरुवा वृक्षारोपण कार्यक्रम अन्तर्गत शाखा कार्यालय सिद्धार्थनगर र शाखा कार्यालय भैरहवाको संयुक्त आयोजनामा विभिन्न प्रजातिका ३ सय वटा विरुवा रोपिएको बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij