बुधवार , कार्तिक १६, २०७९
काठमाडौं, १६ कात्तिक।बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले बढ्दै ९३ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।आज तेजाबी सुनको मूल्य समेत तोलामा पाँच सय रुपैयाँले नै बढ्दै ९३ हजार एक सय रुपैयाँ पुगेको महासंघको जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रुपैयाँले बढेर आज प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij