२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

जेसीआई सिद्धार्थ नेपालद्वारा वृद्धाआश्रमलाई फलफूल तथा नगद हस्तान्तरण

आइतवार , कार्तिक ६, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ६ कात्तिक । 
    जेसीआई सिद्धार्थ, नेपालले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रमलाई फलफूल तथा नगद हस्तान्तरण गरेको छ । संस्थाले आइतबार एक कार्यक्रमकाबीच वृद्धाश्रमलाई फलफूल तथा नगद हस्तान्तरण गरेको कार्यक्रम संयोजक तथा वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष शार्दुल मयुर कसौधनले बताए ।

    जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२२ का अध्यक्ष कमल जि.सी.को अध्यक्षता तथा संस्थाका वर्ष २००१ का अध्यक्ष हेमन्त अग्रवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालका पूर्वअध्यक्षहरु, साधारण सदस्यहरु, पर्यवेक्षक सदस्यहरु, बोर्डका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    दीपक साकोटाको आस्था पाठ तथा संस्थाका वर्ष २०२२ का महासचिव लोकमणि भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।