२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

जनउत्थान साकोसको १७ औं वार्षिक साधारणसभा सम्पन्न

आइतवार , कार्तिक ६, २०७९

भैरहवा, ६ कात्तिक ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुपन्देहीको १७ औं साधारणसभा शनिबार कोटिहवामा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३८ हजार शेयर सदस्यको प्रतिनिधित्व गर्दै १८० जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष ज्ञानु पौड्यालले संस्थाको प्रगति र आगामी योजनाको बारेमा जानकारी दिदै अहिले केही सहकारीहरुले शेयर सदस्यहरुको बचत फिर्ता नगर्ने जस्ता समाचारहरु सार्वजनिक भइरहँदा सहकारीहरुलाई गरिने विश्वास चुनौतिको विषय भएको बताइन् । उनले सहकारीमा विश्वाससहित बचत गर्न र सहज रुपमा ऋण लगानी गर्न जनउत्थान प्रतिबद्ध रहेको बताइन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले महिलाले नेतृत्व गरेको सहकारीले देशमै ठलो नाम कमाएको र महिलाको जीवनस्तर सुधार्न ठूलो योगदान गरेकोप्रति खुसी व्यक्त गरे । उनले महिला हरेक क्षेत्रमा जागरुक हुँदै अगाडि बढ्नुपर्ने बताए ।

त्यस्तै तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरीले यस क्षेत्रको पहिचान बनाउने गरी कार्य गरेको जनउत्थानले सबै बर्गको लागि सारथी बनेर अगाडी बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद अधिकारी, सिद्धार्थ नगरपालिकाका पूर्व नगरप्रमख हरि प्रसाद अधिकारी  लगायतले सहकारीले समाजमा राम्रा कामहरु गरेको बताए ।

संस्थाले प्रत्येक वर्ष सहकारी क्षेत्रमा कलम चलाउदै आएका पत्रकारलाई सम्मानित गर्दै आएकोमा यस वर्ष लुम्बिनी खबर पत्रिकाका सम्पादक कमल रायमाझीलाई सम्मान गरेको छ ।

312723744_617990530111590_8128842672731171279_n.jpg

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख खाँण र जनउत्थान साकोसकी अध्यक्ष पौड्यालले पत्रकार रायमाझीलाई नगद १५ हजार पुरस्कार प्रदान गरेका हुन । जनउत्थान साकोसका उपाध्यक्ष गिरी प्रसाद पुनको स्वागत तथा सचिव सचिव सरु रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।