२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

पूर्व अर्थमन्त्री पौडेललाई सञ्जालको ज्ञापनपत्र

आइतवार , कार्तिक ६, २०७९

बुटवल, ६ कार्तिक ।

रुपन्देहीमा क्रियाशिल व्यवसायिक संघ–संस्थाहरुको सञ्जाल रुपन्देहीले शनिबार पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई चर्को बैंकको ब्याजदर तत्काल हटाउन पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

व्यवसायिक सञ्जाल संघर्ष समितिका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले हालै नेपाल राष्ट्र बैंकद्वारा लागू गरिएको चालू पूँजी कर्जा निर्देशिका-२०७९ लाई आधार मानेर बैंक तथा वित्तीय संस्थाहरुले लगानीको ब्याज अचाक्ली बढाएको र त्यसबाट उद्योग व्यवसाय धरासायी बन्ने अवस्था सिर्जना भएको भन्दै त्यसलाई तत्काल फिर्ता गरी तरलताको अभाव अन्त्य गर्न माग गरेको छ ।

उक्त अवसरमा पूर्व अर्थमन्त्री पौडेलले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रका समस्याहरुलाई सकारात्मक ढंगले सम्बोधन गर्न नसकेको बताए । उनले आफू अर्थमन्त्री रहदा अर्थतन्त्रलाई बचाएर राखेको स्मरण गराए । नेता पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बढाएको बैंक ब्याजले समग्र अर्थतन्त्रलाई विगार्ने हँुदा त्यसलाई समाधानका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा हाल कायम गरिरहेका उच्चतम ब्याजदर तथा विभिन्न सेवा शुल्कहरु तत्काल पुनरावलोकन गर्न र चालू पुँजी कर्जा निर्देशिका खारेज गर्न जोडदार माग गर्दै ब्याजदर नघटाएमा आ—आप्mना उद्योग व्यवसायहरु बन्द गरी चरणवद्ध रुपमा आन्दोलनमा होमिन बाध्य हुने उल्लेख गरिएको छ ।