२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

सहकारी शिक्षा दिदै बचत गर्ने बानीको विकास गर्दै अविरल 

शुक्रवार , कार्तिक ४, २०७९

भैरहवा, ४ कात्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा अवस्थित अविरल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा दिदै बचत गर्ने बानीको विकास गरेको छ । १२ वर्षअघि केही सीमित सदस्यहरुको समूहले स्थापना गरेको संस्था हाल १८ सय सदस्यहरुलाई आबद्ध गराउदै बचततर्फ आकर्षित गराउन बनाउन सकेको हो । 

संस्थाको आन्तरिक नीति नियम कार्यान्वयन गर्दै नगर उत्कृष्ट सहकारीको सूचीमा रहेको छ । संस्थाको शुक्रबार भैरहवामा भएको १२ औं वार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले सहकारीलाई बैकसँग तुलना गर्न खोज्दा सहकारीको मर्म संकटमा पर्ने गरेको छ । सहकारी प्रणाली भनेकै सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासको लागी गरिने सहकार्य भए पनि यसको आर्थिक पक्षलाई मात्र केन्द्रमा राखि सहकारीको मौलिकता गुम्न नदिन शेयर सदस्यहरु लाग्नुपर्र्ने बताए । सिद्धार्थनगर नगरपालिका संस्थाहरुको सुदृढीकरण र आर्थिक सुशासन कायम गराउन प्रतिवद्ध रहेको र चालू आर्थिक वर्षमा समेत सहकारी लक्षित कार्यक्रमहरु निरन्तर सञ्चालन गर्न लागिएको सहकारी शाखाका प्रमुख खनालले बताए ।

कार्यक्रममा बोल्दै सहकारी विज्ञ चन्द्रकान्त भटराई, रुपन्देही अडिटर्स एसोसियसनका उपाध्यक्ष कौशल कर्ण, सल्लाहकार प्रख्यात वन्जाडे, पत्रकार शंकर पाण्डेले अहिलेको तरलतालाई सहकारीको माध्यमबाट पनि केही सुधार गर्न सकिने, नीति नियमको परिधिमा चल्यो भने जो पनि ढुक्कसँग कारोबार गर्न सक्ने हुँदा सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने, सहकारी अभियानको भ्रामक प्रचारलाई चिर्दै जानुपर्ने, सहकारीलाई उत्पादन पुँजीमा परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने बताए । बढी ब्याजको लोभमा केही सहकारीहरुबाट सदस्य जोखिम पर्ने हुदा त्यसबाट बच्न संस्थामा प्रत्यक्ष रुपमा निगरानी बढाउनुपर्ने जरुरी रहेको छ जसको लागि सहकारी शिक्षाबारे पनि बुझन सबैलाई आग्रह गरे ।

कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्य पूर्णकला अधिकारी र अशक्तता भएका शेयर सदस्य तिलकराम घिमिरेलाई सम्मान गरिएको थियो । सहकारीले सदस्यहरुको क्षमतावृद्धि, जीवनयापनमा सहजता, आयआर्जन बढाउन र नेतृत्व विकास वृद्धि गर्दै गुणस्तरमा पनि सहयोग पु¥याउँदै आएको संस्थाका अध्यक्ष भटराईले बताए । उनले अहिले वित्तिय क्षेत्र संकटमा रहे पनि यस सहकारीमा तरतला व्यवस्थापन गर्न चुनौती रहेकोले सहकारीको करोबार व्यवस्थित गर्दै सम्पूर्ण शेयर सदस्य सक्रिय भएर लाग्न आग्रह गरे ।

बन्दसत्रमा सहभागी सदस्यहरुले आ–आफ्नो सुझाव राख्दै कार्यसूचीमा रहेको प्रस्तावहरुलाई अनुमोदन तथा पारित गर्ने निर्णय गरेको छ । १२ वर्ष अघि स्थापित संस्थाले सहकारीले सदस्यहरुमा बचत, कर्जा र बीमाको कार्यक्रम गर्दै आएको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष कविराम भट्टराईले वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक अमृत खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रमा संस्थाकी उपाध्यक्ष सरस्वती भटराईले स्वागत गरेकी थिइन भने सञ्चालन व्यवस्थापक सुरज पोखरेलले गरेका थिए ।