२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

लियो सिद्धार्थनगरद्वारा बालगृहलाई खाद्यान्न सामाग्री प्रदान

सोमवार , श्रावण १२, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, १२ साउन ।
    सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लियो  क्लब अफ सिद्धार्थनगरले लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा खाद्यान्न सामाग्री प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहमा रहेका बालबालिकाहरुलाई थोरै पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री उपलब्ध गराएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष समीर पौडेले बताए । 

    वर्ष २०२०/२१ को लागि निर्वाचित कार्यसमितिले पहिलो कार्यक्रमको रुपमा बालगृहलाई सहयोग गरेको कार्यक्रम संयोजक मोनिका कोइरालाले बताइन् ।

    क्लबका अध्यक्ष पौडेलले बालगृहका सञ्चालक कृष्णमाया गुरुङलाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरे । 

    कार्यक्रममा बोल्दै प्रमुख अथिति लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष एमजेएफ नेत्र प्रसाद आचार्यले लियो सिद्धार्थनगरका कार्यहरुले समाजसेवाका लागि उर्जा थप्ने बताए ।

    कार्यक्रममा  गौतम गुप्ता, संजयसिंह के.सी., कृष्णमाया गुरुङ, सुमन अधिकारी लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन क्लबका सचिव लियो कमल परियारले गरेका थिए ।

    खाद्यान्न सामाग्री हस्तान्तरणपछि बालगृहमा रहेको बालबालिकाहरुलाई साउन महिनाको विशेष परिकारको रुपमा खिर खुलाइएको लियो क्लब अफ सिद्धर्थनगरका जनसम्पर्क अधिकारी आयुष अधिकारीले जानकारी दिए ।