images

शुक्रवार, चैत्र १६ गते २०८०

चोरी तस्करी नरोकिएको सीमा क्षेत्रका व्यवसायीको गुनासो

चोरी तस्करी नरोकिएको सीमा क्षेत्रका व्यवसायीको गुनासो

images
images
images
मंगलवार, कार्तिक १ २०७९
मंगलवार, कार्तिक १ २०७९
  • चोरी तस्करी नरोकिएको सीमा क्षेत्रका व्यवसायीको गुनासो
    फाइल तस्विर

    भैरहवा, १ कात्तिक । 
    खुल्ला सीमा नाको फाइदा उठाउँदै चोरी तस्करी बढ्दा समेत स्थानीय प्रशासनले नियन्त्रणमा पहल नगरेको भन्दै सीमा क्षेत्रका व्यवसायीले गुनासो गरेका छन । उद्योग व्यापार संगठन, रूपन्देहीको १५ औं वार्षिक साधारणसभामा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष ओमकार गौचनले चोरी तस्करी भइरहदा पनि प्रहरी प्रशासनले नियन्त्रणमा पहल गर्न नसकेको बताए । गौचनले सीमापारी सुनौलीमा चाडपर्वका बेला करोडौँको व्यापार हुँदा सीमावारी नेपाली बजार भैरहवा क्षेत्रका व्यवसायी मारमा परेको बताए । उनले अब यस्तै अवस्था रहने हो भने केही दिनमै सयौँ व्यवसायीको व्यवसाय बन्द हुने पनि बताए ।  उनले भने ’सीमापारीबाट जे सामान ल्याए पनि कुनै रोकतोक गरिँदैन । सीमावारी भैरहवाको व्यापार चौपट भएको छ । अरु केही नगरे पनि भन्सारको संक्षिप्त प्रज्ञापनपत्र भरेर मात्रै ल्याउने व्यवस्था गरौँ।’

    images
    images
    images

    कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले सीमावर्ती क्षेत्रमा प्रहरी प्रशासनले कडाइ नगर्ने हो भने भैरहवाका धेरै पसल बन्द गर्नुपर्ने बाध्यता रहेको बताए ।  भण्डारीले कानूनअनुसार संक्षिप्त प्रज्ञापनपत्र नभरी सामान नेपाल ल्याउन नपाइने प्रणालीलाई लागू गर्न समेत माग गरे । भैरहवा मूल भन्सार नाका अगाडिबाट घरायसी सामान भन्दै दिनहुँ हजारौँ मानिसले भन्सार नतिरी सामान ल्याउने गरेको व्यवसायीहरूको भनाइ छ । जिल्लाको विभिन्न नाकाबाट दैनिक चोरी तस्करी गरेर सामान भित्रिरहेकोले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने व्यवसायीको माग छ ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर बनाउन सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए । 
    प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सीमापारी किनमेलको जाने मानिस रोक्न नसकिने बताउँदै व्यवसायीको सुझाव र गुनासोलाई आत्मसात गर्दै सुरक्षा सतर्कतामा विशेष ध्यान दिने बताए ।  उनले भने, ’हामीले राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षा गस्ती बढाउने, घरायासी प्रयोजनका लागि भारतीय बजारमा जाने संस्कारलाई निरुत्साहित गर्ने काम अगाडि बढाउने, सीमा पारीबाट भन्सार नगरी ल्याएको समान खरिद गर्ने प्रचलनलाई रोक्नुपर्दछ ।’

    उद्योग व्यापार संगठन, रूपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले सीमा क्षेत्रका व्यापारी सीमा क्षेत्रको चोरी तस्करीका कारण मारमा परेको बताए । रूपन्देही जिल्लाको उद्योगी व्यवसायीको क्रियाशील सक्रिय रहेको उद्योग व्यापार संगठनमा जिल्लाका करिब पाँच हजार व्यवसायी दर्ता रहेका छन् । कार्यक्रममा संगठनको स्तरवृद्धिमा अतुलनीय योगदान पुर्याएका ६ जनालाई सम्मान गरिएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij