
सोमवार , आश्विन ३१, २०७९
भैरहवा, ३० असोज ।
लुम्बिनी होटल संघ, नेपालले विभिन्न व्यवसायिक संस्थाले गरेको बैंकको किस्ता र ब्याज नबुझाउने निर्णयप्रति समर्थन जनाएको छ ।
बुद्व जन्मस्थल लुम्बिनीस्थित संघले सिद्वार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले ब्याजदर घटाउन राष्ट्र बैंक समक्ष गरेको माग र सिद्वार्थ होटल संघले गरेको असोज महिनामा बैंक ब्याज र किस्ता नबुझाउने निर्णयप्रति समर्थन व्यक्त गरेको आइतबार प्रेस विज्ञप्ति जारी गरेर जनाएको हो ।
संघका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीद्वारा जारी विज्ञप्तिमा पटकपटकको अनुरोधको बेवास्ता गर्दै अन्धाधुन्ध ब्याजदर बढाउने बैंक मिटर ब्याजी साहु भन्दा फरक नभएको उल्लेख छ । ‘यी निकायलाई नियन्त्रण गर्ने निकाय सरकार नै हो,’ संघका अध्यक्ष ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले हामीले उद्योग वाणिज्य संघ र होटल संघको निर्णयको समर्थन गर्छाैं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij