२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

श्री जय बागेश्वरी बहुमुखी सहकारीको १७ औं साधारणसभा

सोमवार , आश्विन ३१, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, ३१ असोज ।
    श्री जय बागेश्वरी बहुमुखी सहकारी सिद्धार्थनगर ३, रुपन्देहीको १७ औं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष इञ्जिनियर अशोक कुमार साहको अध्यक्षता, वरिष्ठ इञ्जिनियर सीताराम भक्तको प्रमुख आतिथ्यता, आम्दा अस्पताल बुटवलका वरिष्ठ डाक्टर शशि शेखर झा, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध आलोक सिवाकोटीको विशेष आतिथ्यता, सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, वडा नम्बर ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    संस्थाका सल्लाहकार तथा कार्यक्रम संयोजक भैरव प्रसाद कलवारको स्वागत तथा सियाराम यादव र धना अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार शत्रुधन पण्डित, उपाध्यक्ष अविनाश जयसवाल, निवर्तमान अध्यक्ष दशरथ कुमार भक्त, विरेन्द्रनाथ श्रीवास्तव, पुरन प्रसाद श्रेष्ठ, आलोक शिवाकोटी, डा. शशिधर झा, अमर कुमार झा, सीताराम भक्त, ई. अशोक कुमार साह लगायतले बोल्दै मुलुकको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।